जलविद्युत र कृषिमा लगानी गर्न ओमन तयार 

कान्तिपुर संवाददाता

काठमाडौँ — ओमनले नेपालको जलविद्युत र कृषि क्षेत्रमा लगानी गर्न तयार भएको छ । ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालको भेटमा ओमनका वाणिज्य तथा उद्योग मन्त्री अली विन मसाउद अल सुन्आइडीले ओमनीको सरकारी कोषबाट नेपालमा लगानी गर्न तयार भएको वताए । 

मन्त्री सुन्आइडीले नेपालका कृषि र वनपैदावार ओमनका बजारमा निकै माग रहेको वताएका थिए । दुई देशवीचको ब्यापारलाई विस्तार गर्नको लागि यथासक्य छिटो ब्यापार कार्यशाला गर्ने राजदूत ढकालले वताइन् ।

Citizen

प्रकाशित : मंसिर २०, २०७५ १९:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

समाचारमा आज : बुद्धिजीबीलाई प्रधानमन्त्रीको चेतावनीदेखि अस्ट्रेलियाका राजदूतमाथि छानबिनसम्म 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय प्रधानमन्त्री केपी ओली र सरकारको क्रियाकलापलाई लिएर आलोचना बढेको छ । एक विवादस्पद गैरसरकारी संस्थाले गरेको सम्मेलनमा सरकारको संलग्नतालाई लिएर आलोचना बढेपछि प्रधानमन्त्रीले आफूले जवाफ दिन परे अलोचना गर्ने बुद्धिजीबीहरु थला पर्ने चेतावनी दिएका छन् ।

निर्माणाधिन माथिल्लो तामाकोशीको परियोजनास्थल । तस्बिर : किरण पाण्डे । कान्तिपुर ।

राजदूतमाथिको आरोपबारे छानबिन : अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको आरोपबारे परराष्ट्र मन्त्रालयले छानबिन सुरु गरेको छ। उनी र उनका श्रीमान्‌लाईदूतावासकै पूर्वकर्मचारी वाङ्गछु शेर्पाले 'मानव तस्करी' को आरोप लगाएका छन् भने राजदूतले झुठो दाबी गरेका छन्। थप.....

प्रधानमन्त्रीको चेतावनी : पछिल्लो समय प्रधानमन्त्री केपी ओली र सरकारको क्रियाकलापलाई लिएर आलोचना बढेको छ। विशेष गरेर यूनिभर्सल पीस फेडेरेशन नामक एक विवादस्पद गैरसरकारी संस्थाले गरेको सम्मेलनमा सरकारको संलग्नतालाई लिएर आलोचना बढेपछि प्रधानमन्त्रीले आफूले जवाफ दिन परे आलोचना गर्ने बुद्धिजीबीहरु थला पर्ने चेतावनी दिएका हुन्। थप......

कुकुरको बफादारिता : कुकुरलाई सबैभन्दा बफादार जनवारको रुपमा लिइन्छ। यो बुझाईलाई अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लू बुसको कुकुरले एक पटक फेरि प्रमाणित गरेको छ। ९४ वर्षको उमेरमा बुसको निधनपछि उनको कुकुर 'सल्ली' पार्थिव शरीर राखिएको बाकसमुनि वियोगान्त अवस्थामा सुतिरहेको देखिन्छ। आफ्ना मालिकको मृत्युमा शोकमा देखिएको कुकुरको यो फोटो भइरल बनेको छ। थप.....

मन्त्रीहरु अब भैंसेपाटीमा : अहिले मन्त्रीहरुको निवासको रुपमा पुल्चोक चर्चित छ। तर, अब पुल्चोक मन्त्री निवासको रुपमा परिचित हुने छैन। सरकारले त्यहाँ राजकीय अतिथि गृह निर्माण गर्ने र मन्त्री निवास भैंसेपाटीमा सार्ने निर्णय गरेको छ। त्यहाँ दसवटा राजकीय अतिथि गृह बन्ने छन् र सैंबु भैंसेपाटीस्थित आवास क्षेत्रमा मन्त्री तथा प्रदेशहरुका मुख्यमन्त्रीको लागि २७ वटा आवास बनाइनेछ। थप.....

बन्दैछ माथिल्लो तामाकोसी: माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सक्नु पर्ने तीन वर्षअघि नै हो। विविध कारणले ढिलो भयो। अनुमानित लागत बढेर ४९ अर्बबाट ७० अर्ब पुगेको छ। झन्डै ४३ अर्ब रुपैयाँ खर्च भइसकेको छ। अझै तोकिएको समयमा सक्ने संभावना कम छ। यद्यपि काम भने भइरहेको छ। कान्तिपुर फोटो पत्रकार किरण पाण्डेको क्यामेरामा कैद राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीको प्रगति (फोटोफिचर)। थप....

प्रकाशित : मंसिर २०, २०७५ १८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT