विद्यालय पुनर्निर्माणमा तिमिल्सेनाको १३ लाख सहयोग

लन्डन — यहाँस्थित एक जना व्यवसायी कृष्ण तिमिल्सेनाले धादिङको विद्यालय पुनर्निर्माणमा १३ लाख ६० हजार रुपैयाँ प्रदान गरेका छन् ।

विद्यालय पुनर्निर्माणमा तिमिल्सेनाको १३ लाख सहयोग

तिमिल्सिनाले धादिङ निलकण्ठ नगरपालिका- १४ धुंवाकोटको सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि उक्त सहयोग गरेका हुन् ।


भूकम्पले विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएपछि विद्यार्थी चौरमा पढ्न वाध्य थिए । केही समय अघि एक कार्यक्रमबीच चेक हस्तान्तरण भएपछि विद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठले तिमिल्सेनाको सहयोगप्रति आभार व्यक्त गर्दै वालवालिकाको सुन्दर भविष्यमा नयाँ आशा थपिएको बताए ।


तिमिल्सेनाले आफूले क, ख सिकेको विद्यालयलाई त्यति रकम सहयोग गर्न पाउँदा गर्व लागेको बताए । उनले भूकम्पका बेला निलकण्ठ नगरपालिका- १४ मै अवस्थित तमैरातमाटे मावि, रातमाटेका लागि ३ लाख रुपैयाँ प्रदान गरेका थिए । उनले यस बाहेक पनि नेपालमा वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न मानवीय कार्यमा कयौँ पटक सहयोग गरेका थिए ।


करिब डेढ दशकदेखि लन्डन बस्दै आएका तिमिल्सेना नेपलिज् सेफ एसोसिएसन यूकेका अध्यक्ष, एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा एनआरएनए आइसीसी पूर्व सदस्य हुन् । हाल

उनी एनआरएनए केन्द्रको ट्रेड इन्भेस्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्समा छन् ।


सेफ पृष्ठभूमिबाट करियर सुरु गरेका उनी क्रियाशिल नभएको क्षेत्र केही छैन् । एक दशकदेखि क्रिस फुडका प्रवन्ध निर्देशक रहेका तिमिल्सेनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगका हात फैलाउँदै आएका छन् । उनको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी पनि छ ।

प्रकाशित : मंसिर २४, २०७५ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?