कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देवी मेचेलाई प्रवासीको सहयोग 

काँकडभिट्टा — झापाको मेचीनगर १० धुलाबारीकी देवी मेचेलाई अमेरिकामा बस्ने नेपालीहरुले एक लाख ५२ हजार ६  सय ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।  

देवी मेचेलाई प्रवासीको सहयोग 

करेन्टबाट हात गुमाएर अपाङ बनेकी मेचेले हालै पति वियोग समेत व्यहोरेकी थिइन् । महिना दिनकी सुत्केरी उनलाई अमेरिकामा बसोबास गर्ने अर्जुन प्रसाद मैनालीको पहलमा आर्थिक सहयोग प्रदान गरिएको हो ।


मैनालीले अमेरिकामा बस्ने नेपाली समुदायसँगको सहकार्यमा संकलित रकम असहाय मेचे परिवारलाई कान्तिपुर दैनिकमार्फत् उपलब्ध गराएका थिए । यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा मेचेलाई मेचीनगर ९ मा ७ धुर जग्गा उपलब्ध गराइएको छ ।


आगामी वैशाख १ गते मेचे परिवारलाई नयाँ घर उपहार दिने योजना रहेको समितिका संयोजक विजय डालमियाले जनाए ।

प्रकाशित : पुस २, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?