कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी बेपत्ता

नारायण खड्का

अष्ट्रेलिया — उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका नेपाली विद्यार्थी केही दिनदेखि बेपत्ता भएका छन् । उनको खोजीमा सहयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी बेपत्ता

३ वर्षअघि दक्षिण अष्ट्रेलियाको एडिलेडमा आएका निश्चल घिमिरे अन्तिमपटक स्थानीय समयअनुसार बिहीबार ४ बजे आफूले रेखदेख गर्ने बच्चाको साथमा समुद्र किनारमा देखिएको बताइएको छ । उनले रेखदेख गर्ने बच्चा सुरक्षित भेटिएपनि उनको अहिलेसम्म पत्ता लाग्न सकेको छैन । साथै उनले चलाउने गरेको कार बाटोमा पार्किङ गरिरहेको अवस्थामा फेला परेको छ ।


समुद्रमा हराएको आशंकामा प्रहरीले सो क्षेत्रमा हवाई खोजी पनि गरिरहेको भएपनि हालसम्म फेला पार्न नसकिएको जनाएको छ ।


क्यानबेरास्थित नेपाली दूतावासले समेत उनी हराएको बारेमा जानकारी पाएको र स्थानीय प्रहरीसँग समन्वय गरिरहेको बताएको छ । कार्यवाहक राजदुत दु्रपदा सापकोटाले आफूहरु प्रहरी तथा स्थानीय अवैतनिक वाणिज्यदूतसँग नियमित सम्पर्कमा रहेको र उनको खोजीमा सहयोग पुर्‍याइरहेको जानकारी दिएकी छन् ।



प्रकाशित : पुस १३, २०७५ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?