कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अस्ट्रेलियामा टोपी दिवस

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा नेपालीको मौलिक पहिचान दिने ढाकाटोपी लगाएर टोपी दिवस मनाइएको छ । विभिन्न रंग तथा डिजाइनका ढाकाटोपीलगाएका अभिभावकका साथै बालबच्चा, महिला तथा युवाहरुले टोपी दिवसको माध्यमबाट नेपालको मौलिक पहिचान दिएका थिए । 

अस्ट्रेलियामा टोपी दिवस

दक्षिण अस्ट्रेलियामा मंगलबार आयोजित कार्यक्रममा महिला तथा बालबालिहरुले समेत नेपाली टोपीका साथै परम्परागत पोसाक लगाएर आफ्नो पहिचानलाई चिनाउने प्रयास गरेका थिए । ओभरसिज नेपाली युनाइटेड फोरमले गरेको दिवसको अवसरमा दुई सय बढी नेपालीहरुले सहभगिता जनाएका थिए । कार्यक्रममा स्थानीय अस्ट्रेलियाली नागरिकसमेत सहभागी भएर ढाकाटोपी लगाएका थिए ।


कार्यक्रमको आयोजना गरिरहेको संस्थाका कपिल पाण्डेले ढाकाटोपी नेपालीहरुको मौलिक पहिचान भएकाले विदेशमा समेत टोपी दिवसको आयोजना गरिएको जानकारी दिए । दिवसमा विभिन्न नेपाली नृत्य तथा गायनहरु प्रस्तुत गर्नुका साथै कार्यक्रममा योगदान पुर्‍याएका व्यक्तिहरुलाई ढाकाटोपी लगाएर सम्मानसमेत गरिएको थियो ।


कार्यक्रममा एनआरएनए उपादक्ष्य अशोक केसीले यस किसिमका कार्यक्रमहरुले स्थानीयसमक्ष नेपालीहरुले अलग सांस्कृतिक छाप छोड्न सफल बन्ने आशा व्यक्त गरे । त्यस अवसरमा अवैतनिक वाणिज्यदूत दीपक धमला, एनआरएन आइसीसी सदस्य गोकुल घिमिरे, इनास उपाध्यक्ष आरसी थापा, अस्ट्रेलिया अध्यक्ष विकास पोखरेललगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।


प्रकाशित : पुस १७, २०७५ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?