कतारमा गुरुङ समुदायले मनाए 'फो' ल्होसार

कान्तिपुर संवाददाता

दोहा — कतारमा कार्यरत गुरुङ समुदायले ल्होसार (नयाँ वर्ष) मनाएका छन् । तमु समाजद्वारा समालमा आयोजित ‘फो–ल्होसार तथा स्योकैं’मा  गुरुङहरु गाँउघरमा रहेझैं रमाए । यस वर्ष गुरुङहरुले  'खि' कुकुर वर्गलाई बिदाइ गरी फो (मृग वर्ग) को स्वागत गरेका छन् ।  

कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले प्रवासमा रहेर पनि आफ्ना संस्कृतिलाई जगेर्ना गर्न तमु समाज लागेकोमा आफू उत्साहित भएको बताए । तमु संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तमुहरुको मौलिक नृत्यु प्रस्तुत गरिएको थियो । तमुहरुको परम्परागत छेलो प्रतियोगिता र रमाइलो रसी तान्ने खेलले थप रौनकता बढाएको थियो ।

नरेन्द्र भाटलाई (क्रेगी) फेटाले संस्थागत सम्मान गरिएको थियो । तमु प्ये ल्हु संघ शाखा कतारका महिला विभागका चेलीबेटीद्वारा संस्थाका अध्यक्ष भाइकाजी गुरुङ र प्रमुख संरक्षक बिलबहादुर गुरुङलाई (क्रेगी) फेटाले सम्मान गरिएको थियो ।

छेलो फाल्ने प्रतियोगितामा लमजुङका चन्द्र गुरुङ फो ल्होसारको तमु राजा घोषित भए । लमजुङकै हर्क गुरुङ द्वितीय भए । विजेतालाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

अध्यक्ष भाइकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मानार्थ परिषद सदस्य नरेन्द्र भाट, संस्थाका प्रमुख संरक्षक बिलबहादुर गुरुङ, गैरआवासीय नेपाली संघका अभियन्ताहरु, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव सागर लिम्बूलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : पुस २२, २०७५ १८:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दुई वर्षभित्र पार्टी महाधिवेशन गर्न नेता नेपालको माग   

कान्तिपुर संवाददाता

जनकपुर — नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई वर्षभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । 

नेकपा धनुषा कमिटिले आइतबार जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता माधवकुमार नेपाल । तस्बिर: श्यामसुन्दर शशि/कान्तिपुर 

नेकपा जिल्ला कमिटी धनुषाले आइतबार यहाँ आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने,‘एक वर्षभित्र जिल्ला र प्रान्तीय अधिवेशन गरौँ अनि दुई वर्षभित्र महाधिवेशन गरौँ ।’ उनले पार्टी सञ्चालनमा कमीकमजोरी भएको स्वीकार गर्दै पार्टीलाई सिस्टममा ल्याउन र मापदण्ड बनाएर नेता तथा कार्यकर्ताहरूको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

पार्टी एकीकरण भएको आठ महिना बितिसक्दा पनि पोलिटब्युरो, केन्द्रीय विभाग, केन्द्रीय आयोग गठन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै नेता नेपालले पार्टी सङ्गठनलाई चुस्त दुरुस्त बनाउन, जिल्ला कमिटीहरू एवं अन्य सङ्गठनहरू यथाशीघ्र गठन गर्न माग गरे ।

नेकपामा देखिएको विवादबारे स्पष्टीकरण दिँदै उनले पार्टीमा कुनै किसिमको विवाद नरहेको बताए । उनले भने,‘केही व्यक्ति नेकपा फुट्दै छ भनेर झ्याली पिट्दै हिँडेका छन् । तर यो उनीहरूको दिवास्वप्नमात्र हो । नेकपा फुट्दैन बरु अझ सशक्त भएर अगाडी बढ्दैछ ।’

प्रकाशित : पुस २२, २०७५ १८:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT