कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अष्ट्रेलियामा नदीमा खेल्ने क्रममा एक नेपाली विद्यार्थी बेपत्ता

अष्ट्रेलिया — समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको दुई साता नबित्दै न्यू साउथ वेल्सको अल्बरीमा अर्का एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । बुधबार साथीहरुसँग स्थानीय मुरे नदीमा पौडी खेल्न गएका २१ वर्षीय बिगुल पण्डित बेपत्ता भएका हुन् ।

अष्ट्रेलियामा नदीमा खेल्ने क्रममा एक नेपाली विद्यार्थी बेपत्ता

अहिले सुरक्षाकर्मीहरुले उनको खोजी गरिरहेको बताइएका छन् । चार्ल्स स्टुर्ट युनिभर्सिटीमा एकाउण्टिङको अध्ययन गरिरहेका उनी पानीमा खेलिरहेको क्रममा नै बेपत्ता भएको बताइएको छ ।

अल्बरीमै बसोबास गर्ने दुर्गा रिमालका अनुसार प्रहरी लगायतका सुरक्षाकर्मीहरुले नदीमा उनको खोजी गरिरहेको भएपनि फेला पार्न सकेका छैनन् । नेपालको लमजुङमा जन्मिएका उनी उच्चशिक्षा अध्ययनका क्रममा करिब दुई वर्षअघि अष्ट्रेलिया आएका थिए ।

क्यानबेरामा रहेको नेपाली दूतावासले घटनाको बारेमा सञ्चारमाध्यमहरुबाट थाहा भएपनि यथार्थ जानकारी नपाएको जनाएको छ । कार्यवाहक राजदूत दु्रपदा सापकोटाले घटना दुखद भएको र यसबारेमा बुझ्ने र परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएकी छिन् । हराएका युवाको सकुशल खोजीका लागि अल्बरीमा रहेका नेपालीहरुले विहिबार साँझ मैनबत्ति बालेर प्रार्थना गरेका छन् ।

अष्ट्रेलियामा उच्चशिक्षाका लागि आउने युवाहरुले यहाँको पानी सम्बन्धी सुरक्षाको राम्रो जानकारी नलिएका कारण यस्ता घटनाहरु बढिरहेको हो । करिब दुईसाताअघि मात्र एडिलेडमा निश्चल घिमिरेले आफ्नो रेखदेखमा रहेका बालकलाई बचाउने क्रममा ज्यान गुमाएका थिए ।


प्रकाशित : पुस २६, २०७५ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?