सडक दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु

नारायण खड्का

अष्ट्रेलिया — सिड्नीको ओलङ्गनमा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । चितवनको भरतपुर घर भएका सुजन दहालले चलाएको कार रोकिराखेको ट्रकमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलका अनुसार ४ वर्षअघि श्रीमतीको साथमा डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया आएका उनी न्यु साउथ वेल्सकै टारी क्षेत्रमा बसोबास गर्दथे । विहिबार साँझ कामबाट फर्कने क्रममा सडकमा बिग्रिएर रोकिरहेको ट्रकमा उनले चलाएको कार ठोक्किएको थियो । दुर्घटनाका कारण उनको घटनास्थलमै मृत्यु भएको खरेलले बताए । उनको शवलाई अहिले ओलङ्गन अस्पतालमा राखिएको छ ।

Citizen


मृतकका बुबाआमा पनि अहिले अष्ट्रेलियामै रहेका कारण परिवारको आग्रह अनुसार आवश्यक सहयोग पुर्‍याइरहेको एनआरएनले जनाएको छ । क्यानबेरास्थित दूतावासले घटनाको बारेमा जानकारी पाएको बताउँदै आवश्यक्ता अनुसार सहयोग पुर्‍याउन तयार रहेको जनाएको छ ।

अष्ट्रेलियामा करिब २ साताबिचमा नेपाली बिद्यार्थीहरुमा घटेको यो तेस्रो घटना हो । करिब २ साता पहिले दक्षिण अष्ट्रेलियाका बिद्यार्थी निश्चल घिमिरेको समुन्द्रमा डुबेर मृत्यु भएको थियो भने बुधबारमात्र न्यु साउथ वेल्सको अल्बरीमा बिगुल पण्डित पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

प्रकाशित : पुस २७, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्

गाउँका अलपत्र बुटिक केन्द्र

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘सिंहदरबार अब गाउँ–गाउँमा’ भनेर निर्वाचन हाँकेको नेकपा अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, तर आजपर्यन्त कतिपय गाउँपालिकाको कार्यालय भाडामा छन् । त्यति मात्र होइन, गाउँपालिकाको सदरमुकाम चयन गर्न नसकेर अध्यक्षहरू रुमलिएर बसेका छन् । बुटिक केन्द्ररूपी गाउँपालिकाका कार्यालयहरू अलपत्र छन् ।

गाउँपालिकाका अध्यक्षहरूलाई जिम्मेवारीपूर्वक काम गर्न र झारा टार्ने काम नगर्न निर्देशन दिनुपर्‍यो । किनभने ती सबै स्थानीय सिंहदरबारका प्रमुखहरू स्थानीय कार्यकारी हुन् । सिंहदरबारलाई बुटिक केन्द्र बनाउने हो भने परिसरभित्र रहेको थोत्रा गाडीहरूको कवाडी पहिले हटाउनुपर्‍यो । सिंहदरबार परिसरभित्रदमकल व्यवस्था गर्नुपर्‍यो । कुनै दुर्घटना भएमा न्युरोडबाट दमकल आइपुग्दा ती सबै खरानी भइसक्छन् । इमर्जेन्सीको बेला वीर अस्पताल पुर्‍याउँदा बिरामीको हालत के होला, जहाँ भिड छिचल्नै मुस्किल छ । सिंहदरबार गेट अत्याधुनिक हुनुपर्‍यो, जहाँ आवत–जावत गर्ने गाडीको निगरानी सेन्सरले गर्न सकोस् । प्रवेश पास कागजको लिप्टो होइन, स्तरीय होस्, जसले सुरक्षालाईमद्दत पुर्‍याउँछ ।
– वसन्तराज कार्की, दोलखा

प्रकाशित : पुस २७, २०७५ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्