सडक दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु

नारायण खड्का

अष्ट्रेलिया — सिड्नीको ओलङ्गनमा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । चितवनको भरतपुर घर भएका सुजन दहालले चलाएको कार रोकिराखेको ट्रकमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सडक दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु

एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलका अनुसार ४ वर्षअघि श्रीमतीको साथमा डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया आएका उनी न्यु साउथ वेल्सकै टारी क्षेत्रमा बसोबास गर्दथे । विहिबार साँझ कामबाट फर्कने क्रममा सडकमा बिग्रिएर रोकिरहेको ट्रकमा उनले चलाएको कार ठोक्किएको थियो । दुर्घटनाका कारण उनको घटनास्थलमै मृत्यु भएको खरेलले बताए । उनको शवलाई अहिले ओलङ्गन अस्पतालमा राखिएको छ ।


मृतकका बुबाआमा पनि अहिले अष्ट्रेलियामै रहेका कारण परिवारको आग्रह अनुसार आवश्यक सहयोग पुर्‍याइरहेको एनआरएनले जनाएको छ । क्यानबेरास्थित दूतावासले घटनाको बारेमा जानकारी पाएको बताउँदै आवश्यक्ता अनुसार सहयोग पुर्‍याउन तयार रहेको जनाएको छ ।


अष्ट्रेलियामा करिब २ साताबिचमा नेपाली बिद्यार्थीहरुमा घटेको यो तेस्रो घटना हो । करिब २ साता पहिले दक्षिण अष्ट्रेलियाका बिद्यार्थी निश्चल घिमिरेको समुन्द्रमा डुबेर मृत्यु भएको थियो भने बुधबारमात्र न्यु साउथ वेल्सको अल्बरीमा बिगुल पण्डित पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।


प्रकाशित : पुस २७, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?