नेपाली असहाय बालबालिकाका लागि हङकङमा ४ सय २ धावक दौडदै

हङकङ — हङकङमा शनिवार क्युनेट गोर्खा ट्रेलब्लेजरको दोस्रो संस्करणको अन्तिम तयारी पुरा भएको छ । उक्त दौडबाट सङ्कलित रकम नेपालका गरिब असहाय बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने आयोजक गोर्खा समेटी ट्रस्ट र चाइल्ड वेल्फेयर स्किमले जनाएको छ । दौडमा सहभागी हुन ३१ मुलुकका ४ सय २ धावकहरूले आफ्नो नाम दर्ता गरेका छन् ।

नेपाली असहाय बालबालिकाका लागि हङकङमा ४ सय २ धावक दौडदै

कार्यक्रमका मूल संयोजक आमोद राईले च्यारिटी दौडमा सहभागिताका लागि फ्रान्स, अमेरिका, सिङ्गापुर, बेलायत, जर्मनी, इटाली, क्यानडालगायतका मुलुकका सेलिब्रेटी रनरहरूले पनि सहभागिता जनाएको बताए । उनले भने, ‘गतवर्ष फलामको च्यूरा चपाए जस्तो भयो । तर सफल भइयो ।' गतवर्ष क्युनेट गोर्खा ट्रेलब्लेजर सुरु गरेकै वर्ष हङकङबाट ‘वेस्ट न्यु रेस’ मेडल पायो । हङकङको ट्रैल रनिङको क्यालेन्डर भित्र सुचीकृत भयो । राईका अनुसार गतवर्षको लोकप्रियताले विश्वका नामुद धावक धाविकाहरूलाई पनि गोर्खा ट्रेल व्लेजरमा दौडन आकर्षित गर्न सफल भएको हो ।


उक्त दौडमा हालै सम्पन्न अन्नपूर्ण अल्ट्रा रेस र पोखरा ट्रेलका विजेता सिर्जना राईलगायत ६० नेपालीले पनि आफ्नो नाम दर्ता गराइसकेका छन् । विश्व च्याम्पियन अल्ट्रा धाविका मिरा राई भने खुट्टामा समस्या बल्झेकाले दौडमा सहभागी हुन नसक्ने आयोजकले जनाएको छ ।


दौड शनिवार बिहान ताई पो नजिकैको पात सिन लेङ कन्ट्री पार्कबाट सुरु हुने छ । दौडको दुरी १२ र २६ किलोमिटर रहेको छ । आयोजककाअनुसार सन १९९७ अगाडि बेलायत सरकार मातहत हङकङमा ब्यारेक बनाएर बसेका गोर्खा सैनिकहरूले नियमित रूपमा ‘बुल्लोग’ प्रशिक्षण र युद्ध सिमुलेशन व्यायाम गर्ने ऐतिहासिक स्थल लाउसि हङ रिजर्भवायरबाट सुरु भई पातसेलिङ रेन्जमा दौडाएर लाउसि हङ रिजर्भवायरमा टुंगिने रुट तयार भएको उनले बताए ।

रजिष्ट्रेसनको काम सकिएकाले व्यवस्थापन र समन्वयमा व्यस्त रहेका आयोजक समितिका मुख्य प्रवक्ता देवराज राईले पिता पुर्खाले रगत पसिना बगाउँदै पदचाप छाड्दै दौडेको हङकङको डाँडापाखामा उनीहरूलाई स्मरण र सम्मान गर्दै नेपाली बालबालिकाको स्वास्थ्य शिक्षामा योगदान दिनका लागि गोर्खा ट्रेल व्लेजर आयोजना गरिएको बताए । उनले गोर्खाहरूको योगदान बिर्सन थालिएको बेला यस्ता कार्यक्रममार्फत गोर्खाका सन्ततिलाई स्मरण हुने र विश्वव्यापी करण गर्दै उनीहरूको ऐतिहासिक योगदानको सम्मान गर्ने अवसर मिलेको बताए ।

उनले कार्यक्रमबाट सङ्कलित रकमले ट्रस्टले नेपालमा अनलाइन शिक्षाका लागि छात्रवृत्ति दिने र चाइल्ड वेल्फेयरले नेपाली बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रयोग गर्ने बताए । उनले भने, ‘गोर्खा ट्रेलव्लेजरले गोर्खाको इतिहासलाई कायम राख्ने छ । हङकङमा बसोबास गर्ने नेपाली समुदायको पहिचान दिन मद्दत गर्ने र चिनियाँ समाज र हङकङ सरकारको ध्यानाकर्षण हुने छ ।’ ट्रेल रेस सम्पन्न गर्न गोर्खा समेट्री हङकङका अध्यक्ष रत्न खिम्दीङ, चाइल्ड वेल्फेर स्किमका प्रबन्धक अभि राईले १९८१ मा हङकङमा सबैले रुचाएको खेल भएको छ । खिम्दिङका अनुसार गोर्खाहरू रहेका मुलुकहरू ब्रुनाइ, बेलायत, सिङ्गापुर र नेपालमा पनि गोर्खा ट्रेल व्लेजर सञ्चालन गर्ने योजना छ ।

यो । तर सफल भइयो ।' गतवर्ष क्युनेट गोर्खा ट्रेलब्लेजर सुरु गरेकै वर्ष हङकङबाट ‘बेस्ट न्यू रेस’ मेडल पायो । हङकङको ट्रैल रनिङको क्यालेन्डर भित्र सुचीकृत भयो । राईका अनुसार गतवर्षको लोकप्रियताले विश्वका नामुद धावक धाविकाहरुलाई पनि गोर्खा ट्रेल व्लेजरमा दौडन आकर्षित गर्न सफल भएको हो ।


उक्त दौडमा हालै सम्पन्न अन्नपूर्ण अल्ट्रा रेस र पोखरा ट्रेलका बिजेता सिर्जना राईलगायत ६० नेपालीले पनि आफ्नो नाम दर्ता गराइसकेका छन् । विश्व च्याम्पियन अल्ट्रा धाविका मिरा राई भने खुट्टामा समस्या बल्झेकाले दौडमा सहभागी हुन नसक्ने आयोजकले जनाएको छ ।


दौड शनिबार बिहान ताई पो नजिकैको पात सिन लेङ कन्ट्री पार्कबाट शुरु हुने छ । दौडको दुरी १२ र २६ किलोमिटर रहेको छ । आयोजककाअनुसार सन १९९७ अगाडि बेलायत सरकार मातहात हङकङमा व्यारेक बनाएर बसेका गोर्खा सैनिकहरुले नियमित रूपमा ‘बुल्लोग’ प्रशिक्षण र युद्ध सिमुलेशन व्यायाम गर्ने ऐतिहासिक स्थल लाउसि हङ रिजर्भवायरबाट सुरु भई पातसेलिङ रेन्जमा दौडाएर लाउसि हङ रिजर्भवायरमा टुंगिने रुट तयार भएको उनले बताए ।

रजिष्ट्रेसनको काम सकिएकाले व्यबस्थापन र समन्वयमा व्यस्त रहेका आयोजक समितिका मुख्य प्रवक्त देवराज राईले पिता पुर्खाले रगत पसिना बगाउदै पदचाप छाड्दै दौडेको हङकङको डाँडापाखामा उनीहरुलाई स्मरण र सम्मान गर्दै नेपाली बालबालिकाको स्वास्थ्य शिक्षामा योगदान दिनका लागि गोर्खा ट्रेल व्लेजर आयोजना गरिएको बताए । उनले गोर्खाहरुको योगदान बिर्सन थालिएको बेला यस्ता कार्यक्रममार्फत गोर्खाका सन्ततीलाई स्मरण हुने र विश्वव्यापीकरण गर्दै उनीहरूको ऐतिहासिक योगदानको सम्मान गर्ने अवसर मिलेको बताए ।

उनले कार्यक्रमबाट संकलित रकमले ट्रस्टले नेपालमा अनलाइन शिक्षाका लागि छात्रवृत्ति दिने र चाइल्ड वेल्फेयरले नेपाली बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रयोग गर्ने बताए । उनले भने, ‘गोर्खा ट्रेलव्लेजरले गोर्खाको इतिहासलाई कायम राख्ने छ । हङकङमा बसोबास गर्ने नेपाली समुदायको पहिचान दिन मद्दत गर्ने र चिनियाँ समाज र हङकङ सरकारको ध्यानाकर्षण हुने छ ।’ ट्रेल रेस सम्पन्न गर्न गोर्खा समेट्री हङकङका अध्यक्ष रत्न खिम्दीङ, चाइल्ड वेल्फेर स्किमका प्रबन्धक अभि राईले १९८१ मा हङकङमा सबैले रुचाएको खेल भएको छ । खिम्दिङका अनुसार गोर्खाहरु रहेका मुलुकहरु ब्रुनाइ, बेलायत, सिंगापुर र नेपालमा पनि गोर्खा ट्रेल व्लेजर सञ्चालन गर्ने योजना छ ।

प्रकाशित : पुस २७, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?