कुवेतमा मदिरा भट्टी चलाउने ४ नेपाली पक्राउ 

काठमाडौँ — कुवेतमा अवैध ढङ्गले मदिरा भट्टी सञ्चालन गरेको आरोपमा चार जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । जसमा २ पुरुष र २ महिला छन् । 

कुवेतमा मदिरा भट्टी चलाउने ४ नेपाली पक्राउ 

कुवेती प्रहरीले कुवेतको जावेद अल मोहम्मद क्षेत्रमा नेपालीको अवैध भट्टी फेला परेको हो । यो क्षेत्रमा नेपालीको बाक्लो बस्ती छ ।


पक्राउ पर्ने दुई नेपाली महिला घरेलु कामदारको रूपमा कुवेत पुगेका थिए । घरबाट भागेर बाहिर निस्केका उनीहरूलाई मदिरा उत्पादन कार्यमा लगाइएको हो ।


कुवेतमा मदिरा उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध छ । नेपाली जाँड रक्सीको ठुलो माग भएकोले अवैध ढङ्गले उत्पादन तथा विक्री वितरण हुँदै आएको छ । प्रहरीले ठुलो परिमाणमा मदिरा समेत जफत गरेको छ ।

प्रकाशित : पुस २९, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?