३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

साताको साहित्य पुरस्कार कवि प्यासीलाई दिइने

अस्ट्रेलिया — एकवर्षसम्म प्रकाशित रचनाहरुमध्येबाट उत्कृष्ट एक सिर्जनालाई पाठक प्रतिक्रिया तथा निर्णायकहरुको छनोटका आधारमा प्रदान गरिने यस पुरस्कार प्यासीको ‘आशीर्वाद’ कवितालाई दिइएको हो । पुरस्कारको राशि २० हजार रुपैयाँ र तामपत्र रहेको छ ।

साताको साहित्य पुरस्कार कवि प्यासीलाई दिइने

सुजित सिग्देल, ऋषि आचार्य, महेन्द्र पौडेल, संजीव पाण्डे र निष्प्रभ सजी निर्णायक रहेको समितीले छानेको तीन कृतिहरु बाबु त्रिपाठीको ‘रोल्पाको रंग’ र जीवन खत्रीको ‘आमाको पटुका’ मध्ये प्यासीको कवितालाई उत्कृष्टका रुपमा छानिएको थियो । साताको साहित्यका सम्पादक तथा साहित्यकार निष्प्रभ सजीले नेपालमै साहित्य सिर्जनामा लागिपरेका साहित्यकारहरुलाई हौसला प्रदान गर्न पुरस्कारको स्थापना गरिएको बताए ।


साताको साहित्य पुरस्कारबाट साहित्यकारहरु रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली, बोनम प्रताप र प्रोल्लास सिन्धुलीय पुरस्कृत भइसकेका छन् ।


सजीले नेपालमा केही महिनापछि औपचारिक कार्यक्रम गरी कवि प्यासीलाई पुरस्कार हस्तान्तरण गर्ने जनाए ।

प्रकाशित : माघ ५, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?