कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगानी सम्मेलनमा ओमनको सहभागिता रहने

काठमाडौँ — ओमानले नेपालमा हुन गइरहेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले आँउदो मार्च २९ र ३० गते काठमाडौंमा लगानी सम्मेलन गर्दैछ ।

लगानी सम्मेलनमा ओमनको सहभागिता रहने

ओमनका अर्थमन्त्री र्डावीस विन इज्माइल विन अली अल वलुसीले दुई देशबीच ब्यापारीक साझेदारको आवश्यकता रहेको बताए । ‘नेपालको लागनी सम्मेलनमा ओमनको सहभागिता रहेनछ । यो नेपालमा लगानी गर्ने अवसर हो,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसँगको भेटमा वलुसीले भने,‘दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न मद्दत पुग्नेछ ।’ राजदूत ढकालले नेपालमा राजनैतिक स्थिरता र लगानी गर्ने वातावरण रहेको बताएकी थिइन् ।


यसैगरी ओमनमा कार्यरत नेपाली महिलाले घरेलु कामदारमा पुन: श्रमस्वीकृति नदिदाँ आफूहरु घर फिर्न नपाएको भन्दै ओमनस्थित नेपाली दूताबासको ध्यानाकर्षण जनाएको छ ।


राजदूत ढकालद्वारा आयोजित भेटघाटमा महिलाहरुले घर फिर्न नपाउँदाको पीडा पोखेका थिए । उनीहरुले यथाशक्य छिटो पुन: श्रमस्वीकृति खुलाइदिन राजदूत समक्ष अनुरोध गरेका थिए ।


ढकालले सरकारले घरेलु कामदारको पुन: श्रमस्वीकृति दिनको लागि संसदीय समितिलाई अनुरोध गरेको जानकारी दिएकी थिइन् । संसदीय समितिले घरेलु कामदारको पुन: श्रमस्वकिृति खोल्ने विषयमा अध्ययन गर्न टोली खाडी पठाउने निर्णय गरेको थियो ।

प्रकाशित : माघ ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?