अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — न्यु साउथ वेल्सको वेन्टसबेसिनमा पौडी खेल्ने क्रममा नेपाली विद्यार्थीको मृत्यु भएको छ । चाल्र्स स्टेट युनिभर्सिटीमा इन्जिनियरिङ अध्ययनरत विराटनगरका विश्वास जोशी बेपत्ता भएको केही घण्टापछि उद्धारकर्ताले शव फेला पारेका थिए ।

उनी आठ महिनाअघि सिड्नी आएका थिए ।

प्रकाशित : माघ १६, २०७५ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्

पत्नीको हत्या आरोपीद्वारा कारागारभित्र आत्महत्या

कान्तिपुर संवाददाता

दोलखा — पत्नी हत्या आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका एक युवकले बुधवार बिहान आत्महत्या गरेका छन् । कालिञ्चोक गाउँपालिका—५ लापिलाङका २२ वर्षीय च्याङा शेर्पाले कारागारभित्रको शौचालयमा आत्महत्या गरेका हुन् । 

दोलखा जिल्ला अदालतले पुर्पक्षमा पठाएको राति नै शौचालयभित्रको झ्यालमा जुत्ताको तुनाको पासो लाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए।

गत पुस २० गते २७ वर्षीया पत्नी लक्की शेर्पाको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरी अनुसन्धान थालेको थियो। अनुसन्धान सकेर हत्या अभियोगमा अदालत पेस गरिएका च्याङालाई मङ्गलवार थुनामा पठाइएको थियो।

दुई वर्षीया र ६ महिनाको काखको छोरी रहेको च्याङाले कोठामा नै श्रीमती लक्कीलाई सलको पासो लगाई हत्या गरेको आरोप छ। कपडा सिलाउने र ब्युटि पार्लर व्यवसाय गर्ने लक्कीको मृत्युको विषयलाई च्याङाको परिवारले भने आत्महत्या दाबी गर्दै आएको छ।

च्याङाका दाजु छिरिङ शेर्पाले भाइ च्याङाको कारागारभित्र आत्महत्या भनिएको विषयप्रति आशंका व्यक्त गरे। मिडियाले कारागारभित्रको निरीक्षण गरेर यथार्थ बाहिर ल्याउन उनले आग्रह गरेका छन्।

प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले च्याङाको आत्महत्या खबर पाउने बित्तिकै सञ्चारकर्मी र उनका परिवारलाई जानकारी दिएका थिए। छिरिङ सहितको उपस्थितिमा मुचुल्का गरी च्याङाको शव चरिकोट अस्पतालस्थित शवगृहमा लगिएको छ।

प्रकाशित : माघ १६, २०७५ १८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT