कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लन्डन दूतावासमा प्रजातन्त्र दिवस

कान्तिपुर संवाददाता

काठमाडौँ — लन्डनमा रहेको नेपाली दूतावासले प्रजातन्त्र दिवसको अवसर पारेर उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा एक विशेष समारोहकाबीच विविध कार्यक्रम गरी मनाएको छ । 

लन्डन दूतावासमा प्रजातन्त्र दिवस

प्रजातन्त्र दिवसको शुभकामना दिँदै राजदूत दुर्गाबहादुर सुवेदीले सरकारले यही मार्च २० र ३० मा आयोजना गर्न लागेको लगानी शिखर सम्मेलनमा संयुक्त अधिराज्यबाट उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि बेलायती नागरिक र त्यहा बस्ने नेपालीहरुलाई सहयोग र सहभागिताका लागि आहृवान गरे ।


कार्यक्रमको प्रमुख अतिथी एवं उत्तरी आयरल्यान्डका लागि पूर्व प्रथममन्त्री तथा डेमोक्रेटिक युनियनिष्ट पार्टीका अध्यक्ष अर्लिनी फोस्टरले नेपालले शान्ति,सुशासन,राजनीतिक स्थिरतासहितको समृद्धि यात्रा आरम्भ गरेकाले नेपाली जनता आर्थिक विकासको लक्ष्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गरेकी थिइन् ।


कार्यक्रममा उत्तरी आयरल्याण्डका सभामुख रोविन न्यूनटन, सांसद डा.कोहुमी अर्चिबाल्ड लगायतको उपस्थिती थियो । उनीहरुले नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गर्दै उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार प्रारम्भ गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७५ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?