२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कांग्रेसको बेल्जियम अधिवेशन स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको बेल्जियमस्थित जनसम्पर्क समितिको पाँचौ अधिवेशन स्थगित भएको छ । जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले शनीबार विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी दिएकी हुन् ।

कांग्रेसको बेल्जियम अधिवेशन स्थगित

उनका अनुसार यही आइतबार हुने भनिएको अधिवेशन कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार स्थगित गरिएको हो । अर्को सूचना जारी नभएसम्म अधिवेशन नगराउन केन्द्रीय कार्यालयले हालै परिपत्र गरेको थियो ।


'केन्द्रसँगको परामर्श र सम्बन्धित सबै पक्षको छलफल, सल्लाह, सहमति र सहभागितामा यस समितिको पाँचौ अधिवेशन यथासक्य छिटो सम्पन्न गरिने जानकारी गराउँछौं' अध्यक्ष सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन १८, २०७५ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?