३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विद्यार्थीलाई सहयोग पुर्‍याउन हेल्प डेस्क

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको सिड्नीस्थित अवैतनिक महावाणिज्य दूतावासको कार्यालयले अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी (एआईबिटी) बाट प्रभावित भएका विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले हेल्प डेस्कको स्थापना गरेको छ । महावाणिज्य दूतावासले सयौँ विद्यार्थी प्रभावित भएका र उनीहरूको समस्यालाई सरोकारवाला निकायहरूसँगको समन्वयमा सहयोग पुर्‍याइने जनाएको छ ।

विद्यार्थीलाई सहयोग पुर्‍याउन हेल्प डेस्क

अवैतनिक महावाणिज्यदूत दीपक खड्काले विद्यार्थीहरूको समस्यालाई केही मात्रामा भए पनि सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यको सुरुवात गरिएको जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूको सहजताका लागि बिहान ९ बजेदेखि ४ बजेसम्म सम्पर्क गर्नका लागि फोन नम्बरको व्यवस्था गरिएको छ भने इमेल मार्फत २४ घण्टा सम्पर्क गर्न सकिनेछ ।


‘एआईबिटीमा अध्ययन गर्न आएका सयौँ नेपाली भाइबहिनीहरू प्रभावित भएका कारण समेत यो कार्यले केही राहत पुर्‍याउने हाम्रो आशा हो ।’ उनले कान्तिपुरसँग भने । हेल्प डेस्कमा आएका समस्याहरूलाई सबैभन्दा पहिला विद्यार्थीहरू आएको कन्सल्टेन्सीसँग सल्लाह गरेर समस्या सुल्झाइने उनको भनाई छ । यसबाहेक विद्यार्थीहरूलाई कुनै कानुनी, स्वास्थ्य लगायतका समस्या परे सम्बन्धित निकायहरूसँग सरसल्लाह गरेर आवश्यक सहयोग पुर्‍याइनेछ ।


यसै गरी कलेजसँग सम्बन्धित कुनै समस्या भए कलेजको प्रशासनिक संयन्त्रसँग सरसल्लाह गरेर समस्या सुल्झाउने प्रयास गरिनेछ । सिड्नीमा रहेको महावाणिज्य दूतावासको कार्यालयमा स्थापना गरिएको हेल्पडेस्क १ महिनाको लागि सञ्चालन हुने खड्काले जानकारी दिए ।


यहाँको नियमन निकाय आस्क्वाले यही महिनाको २६ तारिखसम्मको म्याद दिएर दर्ता खारेज गरिदिएको उक्त कलेजमा अहिले ८ सय बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन् ।

प्रकाशित : फाल्गुन २५, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?