१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कोरियामा फेरि नेपाली कामदारको मृत्यु 

कान्तिपुर संवाददाता

सोल — दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएका एक नेपालीको निधन भएको छ । उदयपुर पुरानो गाइघाट निवासी भुपाल राईको शनिबार अचानक बेहोस भएपछि अस्पताल लैजादै गर्दा निधन भएको आफन्तले बताएका छन् ।

कोरियामा फेरि नेपाली कामदारको मृत्यु 

मृतक राई कोरियाको ह्वासंग शहरस्थित एक मोटर पार्टस् बनाउने कम्पनीमा काम गर्दै आएका थिए । उनी चारवर्ष १० महिनाकाे पहिलो कार्यकाल सकेर पुन सोही कम्पनीमा कमिटमेन्ट वर्करको रुपमा आएका थिए ।


मृतक बेलुकाको खाना खाए लगतै बेहोस भएर ढलेकोसँगै काम गर्ने साथीले बताए । ३८ वर्षीय राईका श्रीमती, एक छाेरा र एक छोरी छन् । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७५ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?