कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

राजदूत आचार्यले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले बुधबार बिहान भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र (क्रिडेन्सिअल) बुझाएका छन् । नयाँदिल्लीस्थित भारतको राष्ट्रपति कार्यालयमा बुधबार बिहान ११ हुने विशेष कार्यक्रमबीच आचार्यले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । 

राजदूत आचार्यले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र 

त्यसपछि राजदूत आचार्यले राष्ट्रपति कोविन्दसँग शिष्टाचार भेट गरेका थिए । भेटमा नेपाल-भारतबीचको सदियौं पुरानो र बहुआयामिक सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा चर्चा भएको नवनियुक्त राजदूत आचार्यले कान्तिपुरलाई जानकारी गराए । त्यसैगरी आचार्यले संविधान सफल कार्यान्वयनपछि नेपालले आर्थिक विकासलाई प्राथमिकता राखेको समेत भेटमा चर्चा गरेका थिए । 'नेपालमा अहिले राजनीतिक एजेण्डामा कुनै विवाद छैन, अब नेपाल सरकार समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य कार्यान्वयनमा लागेको जानकारी गराएँ' उनले भने । राजदूत आचार्यका अनुसार नेपाल-भारत सम्बन्धको थप सुदृढीकारणको आवश्यकता पनि औंल्याइएको छ ।


भेटमा भारतीय राष्ट्रपति कोविन्दले दुई देशबीचको सम्बन्धका बारेमा चासो राखेका थिए ।


ओहदाको प्रमाणपत्र बुझाएसँगै राजदूत आचार्यले आजैदेखि औपचारिक रुपमा दूतावासको जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हालेलगत्तै कान्तिपुरसँगको कुराकानीमा राजदूत आचार्यले आफूले दुई देशबीचको आपसी विश्वासलाई थप बढाउन र असमझदारीलाई पनि द्विपक्षीय संवाद र छलफलबाट टुंग्याउनमा जोड दिने बताए ।


करिब दुई महिनाअघि नेपाल सरकारले ७५ वर्षीय आचार्यलाई भारतका लागि राजदूत नियुक्त गरेको थियो । करिब डेढ वर्षअघि तत्कालीन राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएयता नयाँदिल्लीस्थित नेपाली दूतावास नेतृत्वविहीन रहँदै आएको थियो ।


प्रकाशित : फाल्गुन २९, २०७५ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?