२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कांग्रेस जनसम्पर्क समिति बेल्जियमबाट राहत रकम हस्तान्तरण

काठमाडौँ — नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमको सक्रियतामा बारा र पर्साका हावाहुरीपीडित परिवारका लागि संकलित १ लाख १२ हजार सहयोग प्रदान गरिएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका पूर्वमुख्य सचिव शोभाकर पराजुलीमार्फत उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम बेल्जियमावासी विभिन्न पेसा, व्यवसाय गर्ने २७ जनाबाट संकलित गरिएको जनसम्पर्क समितिकी अध्यक्ष सीता सापकोटाले बताइन् ।

प्रकाशित : चैत्र २३, २०७५ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?