कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

न्युर्योक क्विन्स कम्युनिटी बोर्डमा नेपाली

न्युर्योक — अमेरिकाको न्युयोर्क राज्यको क्विन्स कम्युनिटी बोर्ड ५ सदस्यमा ज्ञानल थापा नियुक्त भएका छन् । थापाले क्विन्सबोरो प्रेसिडेन्ट मेलिण्डा काजबाट नियुक्ति लिएका हुन् । यो पदमा पुग्नका लागि राजनीतिक र सामाजिक कार्यको अनुभव र छवि महत्वपूर्ण हुन्छ ।

न्युर्योक क्विन्स कम्युनिटी बोर्डमा नेपाली

थापा यसअघि न्युयोर्ककै नेभरहुड एड्भाइजरी बोर्ड २ सदस्यको जिम्मेवारीमा थिए । उक्त बोर्डमा उनले सचिवको जिम्मेवारी सम्हालेका थिए ।


यो पदमा पुग्नका लागि बरोभित्र बसोबास गर्ने सिटी कर्मचारीबाहेक सबै योग्य व्यक्तिहरुले आवेदन दिन पाउँछन् । हजारौं नेपाली समुदाय बसोबास गर्ने न्युयोर्क क्विन्स बरोमा हालसम्म नेपालीमुलबाट थापासहित ५ जनामात्र यो पदमा पुग्न सफल भएका छन् । सन् २०१३ मा अमेरिका आएपछि थापाले राजनीतिसँगै व्यवसाय, सामाजिक क्षेत्रलाई समान रुपमा अघि बढाइरहेका छन् ।


उक्त बोर्डले नगरक्षेत्रमा हुने सम्पूर्ण विकास निर्माणमा निर्णायक भूमिका खेल्छ ।

प्रकाशित : चैत्र २९, २०७५ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?