२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

देउवा र कोइरालबीच बढ्यो असमझदारी 

देउवाको निर्देशनमा निर्वाचित समिति विघटन
कुलचन्द्र न्यौपाने

काठमाडौँ — पार्टीका निर्वाचित कार्यसमितिलाई विधानविपरित विघटन गरिएको विषयलाई लिएर कांग्रेस सभापति शेरवहादुर देउवा र पार्टी महामन्त्री शशांक कोइरालाबीच असमझदारी बढेको छ । 

देउवा र कोइरालबीच बढ्यो असमझदारी 

सभापति देउवाको निर्देशनमा बेल्जियमस्थित पार्टीको जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति विघटन गरेर तदर्थ समिति बनाइएको भोलिपल्टै महामन्त्री कोइरालाले उक्त कार्य विधान विपरित रहेको भन्दै पार्टीको लेटरप्याडमा निर्वाचित कार्यसमितिलाई यथावत काम गर्न निर्देशन दिएका छन् ।


कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समेतले सभापति देउवाको उक्त कार्य विधान विपरित रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।


पार्टी केन्द्रीय कार्यालयले बिबाद मिलाएर अधिवेशन गराउन केन्द्रीय प्रतिनिधिको रुपमा आमन्त्रित सदस्य किरणराज पौडेललाई बेल्जियम पठाइएको थियो । ३३ दिन बेल्जियम बसाइमा विवाद मिलाएर अधिवेशन गर्न नसकेपछि विधान विपरित निर्वाचित समितिनै विघटन भएको सूचना दिएर फर्केका थिए । पार्टी विधान अनुसार केन्द्रीय प्रतिनिधि आफैंले कुनैपनि समिति विघटन गर्न पाउने अधिकार छैन ।


उनकै सिफारिसमा केन्द्रीय कार्यालयबाट बैशाख १० गते पार्टी मुख्य सचिव कृष्ण पौडेलद्वारा हस्ताक्षर गरी जारी भएको विज्ञप्तिमा सीता सापकोटा नेतृत्वको निर्वाचित कार्यसमिति विघटन गरी माधव सापकोटाको नेतृत्वमा ६९ सदस्यीय तदर्थ समिति गठन भएको निर्णय बाहिर ल्याइएको थियो । सभापति देउवाकै निर्देशनमा मुख्य सचिव पौडेलले विज्ञप्ति जारी गरेर निर्वाचित कार्यसमिति विघटन भएको घोषणागरेपछि महामन्त्री कोइरालाले त्यसविरुद्ध कदम चालेका हुन् । उनले केन्द्रीय प्रतिनिधि पौडेल र पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार जारी पत्र विधान विपरित भन्दै सापकोटा नेतृत्वको निर्वाचित कार्यसमितिलाई अधिवेशनको तयारी गर्न निर्देशन दिएका हुन् ।


'त्यहाँको सांगठनिक अवस्था बुझि आन्तरिक असमझदारीको अन्त्य गरी अधिवेशनको वातवरण बनाउन आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेललाई जिम्मेवारी दिइ पठाइएको थियो तर केन्द्रीय प्रतिनिधिले तोकिएको जिम्मेवारी र विधान विपरित अन्यथा निर्णय गरी जनसम्पर्क समिति बेल्जियमसँग आवद्ध साथीहरुका बीचमा थप असमझदारी पैदा हुन गएको, संगठनमा नोक्सान पुग्ने किसिमको कारबाही भइ अधिवेशनको वातवरण झनै बिग्रिएका छ,' 'महामन्त्रीको पत्रमा उल्लेख छ,'सोही कार्यबाट गलत नजीर समेत स्थापित हुन जाने भएकाले विधानको धारा २७ (१०) बमोजिम जनसम्पर्क समिति बेल्जियमको चौथो अधिवेशनबाट निर्वाचित तपाईको नेतृत्वको कार्यसमितिले आफ्नो जिम्मेवारी पूर्ववतरुपमा यथावत सञ्चालन गर्न र पार्टीमा आपसी समझदारी र व्यापक एकता निर्माण गरी आगामी पाँचौ अधिवेनसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न गराउनु हुन समेत निर्देशन सहित जानकारी गराउँछु ।'


महामन्त्रीकै सोही पत्रमा केन्द्रीय कार्यालयको बैशाख १० को पत्र विधानको धारा २७१ प्रतिकुल रहेको उल्लेख गरेका छन् । 'विधान विपरित केन्द्रीय कार्यालयबाट पत्र जारी भएकाले स्वtm बदरभागी भएको स्पष्ट पादैृ अधिवेशनकेा सम्पूर्ण तयारी गरी केन्द्रीय प्रतिनिधिका लागि पार्टी मुख्यालयमा पत्राचार गर्न समेत निर्देशन गर्दछु,' महामन्त्रीले कोइरालाले उल्लेख गरेका छन् ।


सभापतिको निर्देशनमा पार्टी मुख्य सचिव पौडेलले जारी गरेको पत्रमा भने केन्द्रीय प्रतिनिधि आमन्त्रित सदस्य किरणराज पौडेलको प्रतिवेदन अनुसार समिति विघटन गरिको जनाउदै तदर्थ ६९ सदस्यीय तदर्थ समिति बनाईएको छ । उक्त तदर्थ समितिलाई समितिको महाधिवशेनका लागि निर्देशन दिईएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?