कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाली विद्यार्थीलाई लक्षित गरेर अष्ट्रेलियाको अध्यागमनले लागु गर्‍यो नयाँ नियम

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुका लागि नयाँ नियमको घोषणा गरेको छ । नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलोपटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको छ । 

नेपाली विद्यार्थीलाई लक्षित गरेर अष्ट्रेलियाको अध्यागमनले लागु गर्‍यो नयाँ नियम

अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्णरुपमा पेश गर्नुपर्ने भएको छ । यसअघि यो प्रावधानलाई अनिवार्य गरिएको थिएन ।


अष्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुको संख्या अत्यधिक रहेको भन्दै विद्यार्थी संख्या वृद्धिलाई दिगो र विद्यार्थीहरुको भविष्यलाई सुरक्षित राख्नका लागि यो नियम लागु गरिएको सूचनामा जनाइएको छ । प्राविधिक शिक्षा अन्तरगत एडभान्स डिप्लोमा, डिप्लोमा, विभिन्न विषयका सर्टिफिकेट तीन र चार लगायतका प्राविधिक तहका विषयहरु पर्दछन् ।


जारी गरिएको सूचनामा नेपाल विश्वको ४७ औं ठुलो जनसंख्या भएको देश भएपनि अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्यामा तेस्रो रहेको उल्लेख गरिएको छ । प्राविधिक शिक्षामा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई मात्र लक्षित गरिएको यो परिवर्तनले उच्चशिक्षा (ब्याचलर्स, मास्टर्स र सो भन्दा माथिका) विषय अध्ययन गर्न आउने विद्यार्थीहरुलाई भने असर नगर्ने समेत जनाइएको छ ।


पछिल्लो समयमा नेपालीहरु नर्सिङ, एकाउन्टिङ, बिजनेस लगायतका डिप्लोमा तहका विषयहरु अध्ययन गर्न आउने क्रम बढेको छ ।


सिड्नीका परामर्शदाता संजीव पाण्डेले यो नियम परिवर्तनले मुख्य गरेर नेपालबाट पर्यटक भिषामा आएर विद्यार्थीका रुपमा बस्न चाहनेहरुका लागि कठिन हुने बताए । उनले यो परिवर्तनले यहाँको प्राविधिक शिक्षा मात्र अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुको संख्या उल्लेख्य रुपमा घट्न सक्ने र भिषा अस्वीकृति दर समेत बढ्न सक्ने दाबी गरे । ।


उनका अनुसार पहिले शैक्षिक संस्थाले मात्र अंग्रेजी र आर्थिक हैसियत लगायतका कागजपत्र हेर्ने गरेको भएपनि नयाँ नियमपछि अध्यागमनले उक्त कागजपत्रहरु जाँच गर्ने बताए ।


प्रकाशित : वैशाख १९, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?