१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

[ब्लग] खाडीमा मृत्यु : कारण के, दोषी को ? 

मेघराज सापकोटा

यूएई — दुई महिना पहिले दुबईमा एक नेपालीको मृत्यु भयो । मृत्यु प्रमाणपत्रमा उनको मृत्युको कारण 'प्राकृतिक' भनेर लेखियो । उनको मृत्युको वास्तविक कारण थियो- 'ब्रेन हेम्रेज' । उनी बाथरूम गएको बेला बाथरूम भित्रै ढले । बाथरूमबाट किन बाहिर आएनन् भनेर हेर्न जाँदा अर्धचेत अवस्थामा भेटिए । 

[ब्लग] खाडीमा मृत्यु : कारण के, दोषी को ? 

यूएईको एक प्रतिष्ठित कम्पनीमा राम्रै पदमा उनी कार्यरत थिए । जब उनी बाथरूममा ढलेको थाहा भयो, साथीहरु भेला भएर अस्पताल पुर्‍याए । डाक्टरहरुले 'ब्रेन हेम्रेज' भएको पत्ता लगाए । तुरुन्त अपरेसन गरे पनि उनलाई बचाउन सकेनन् । डाक्टरहरुको अथकप्रयास ब्यर्थ भयो । पाँच दिन पछि उनलाई मृतको घोषणा गरियो ।


एक हप्ता पछि शवलाई नेपाल पठाइयो ।


नेपालमा मृतककी श्रीमतीसहित एक छोरा छन् । उनको श्रीमती बेलाबेला दुबई आउने जाने गर्थिन् । त्यसो त मृतक उच्च रक्तचापका रोगी पनि थिए । नेपालमै रहे पनि श्रीमती उनलाई नियमित औषधी खान सम्झाउँथिन् । उनी भने नियमित औषधि खाँदैन थिए । उनले औषधि नखाएको महिनौं भएको थियो ।


...


नेपाली दूतावास अबुधाबीका अनुसार यूएईमा गतवर्ष एकसय तीन जना नेपालीको ज्यान गयो । जस मध्ये ५२ जनाको मृत्युको कारण प्राकृतिक छ । प्राकृतिक भनेको यसरी बुझौं कि उनीहरु मध्ये धेरैको सुतेकै अवस्थामा मृत्यु भयो ।


दिनभर काम गरेर बेलुकी खाना खाएर सुतेकाहरु बिहान उठेनन् । मृत्यु हुने मध्ये आधा (५० प्रतिशत) भन्दा धेरैको मृत्यु यसरी भएको मेडिकल रिपोर्ट दूतावाससँग छ ।


उनीहरु किन सुतेको सुतै भए ? बिरामी नभइ किन मृत्युवरण गरे ? बेलुकी सद्दे सुतेका बिहान किन उठ्न सकेनन् ? खाडीमा यस्तो मृत्यु किन बढी हुन्छ ? अध्ययनको विषय बन्नुपर्ने हैन र ? यसको खोजिनीति कसैले गरेको छैन ।


परदेशले त खोजिनीति गरेन । कम्तीमा नेपालले त सोधिखोजी गर्नुपर्छ । ‘मेरा नागरिक तिम्रो मुलुकमा किन सुतेको सुतै हुन्छन् ?’ भनेर अहिलेसम्म पनि सोधेको छैन ।


प्राकृतिक भनिएको यस्तो मृत्यु हुनुमा सामान्यतया असाध्यै गर्मी कारण हो भनिन्छ । दिनभरी ५० डिग्रीमा काम गर्नेहरु राति १५—२० डिग्रीको चिसो एयर कन्डिसन भएको कोठामा सुत्छन् । यही कारणले पनि शरीरको सन्तुलन बिग्रिन्छ र, मृत्यु हुन्छ भन्ने अनुमान गरिन्छ ।


अध्ययन गर्नुपर्ने अर्को विषय–विदेशमा कार्यरत धेरै नेपालीहरु सुगर (चिनी) रोगले पनि पीडित छन् । धेरैजना रगतमा उच्च कोलेस्ट्रोल बोकेर पनि बाँचेका छन् । जसले गर्दा अधिकांशमा उच्च रक्तचाप (हाई ब्लडप्रेसर) रहेको छ । किन होला ? कसैले सोधेका छैनन् ।


...


खाडीका धेरै नेपालीहरु घरपरिवारको चिन्ता बोकेर काम गरिरहेका हुन्छन् । वैदेशिक रोजगारीले धेरैको परिवारमा झगडा निम्त्याएको छ । आजकाल नेपालमा कोही महिलाको हत्या भयो भने वा बलात्कारको घटना भयो भने उनीहरु मध्ये अधिकांशका श्रीमान् विदेशमा रहेको सुनिन्छ ।


सामाजिक सञ्जालको जमानामा नेपालमा श्रीमतीको मती बिग्रेको खाडीमा श्रीमानले थाहा पाएको हुनसक्छ । कम्पनीले भनेको बेला छुट्टीमा जान दिन्न । छोडेर जाँदा पनि आर्थिक अभावको जिन्दगी जिउनुपर्ने हुन्छ । यस्तै तनावले उसले रातदिन रक्सी सेवन गरेर मन बाँधेको हुनसक्छ । अनि रक्तचाप बढ्दैन त ? बढ्ने नै भयो ।


तनाव व्यवस्थापन गर्न नसकेका मध्ये केहीले आत्महत्याको बाटो रोजेका हुन् । यो वर्ष मात्रै यूएईमा ३१ जनाले आत्माहत्या गरे । आत्महत्या गर्नेहरु मध्ये २ जना महिला छन् ।


...


१८ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । बाटो काट्दा सावधानी नअप्नाउने, ट्राफिक सिग्नलको पालना नगर्नाले धेरैको मृत्यु हुने गरेको देखियो ।


नाम मात्रको अभिमुखीकरण तालिमको खुल्लमखुल्ला प्रमाणपक्र वित्री हुनुको कारण विदेशमा दुर्घटना भएर नेपालीहरु मरिरहेकाछन् भन्दा अतियुक्ती हुँदैन । अभिमुखीकरण तालिम आखिर यस्तै कुराहरु सिकाउ हैन ? अधिकांश यस्ता तालिम सेन्टर प्रमाणपत्र बेच्ने नांग्लो पसलभन्दा कम छैनन् । यसैको परिणाम हो विदेशमा दुर्घटनामा पर्ने नेपालीहरुको संख्या बढ्दै गएको छ ।

विदेशमा मृत्यु भएमा लाश नेपाल पठाउन पनि निकै कठिन छ । कम्तीमा एक हप्तादेखि महिनौं पनि लाग्न सक्छ । त्यो बीचमा परिवारले भोग्ने पीडा तपाईं हामीले अनुमान पनि गर्न सक्दैनौं ।


तसर्थ वैदेशिक रोजगारीमा रहेका हरेक नेपालीहरुले आˆनो ख्याल आाफैं गर्न जरुरी छ । यसको रोकथाम तथा न्यूनिकरण भनेको सचेतना नै हो । सबैजना सचेत बनौं ।


(सापकोटा युएईमा कार्यरत छन् ।)


प्रकाशित : वैशाख २६, २०७६ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?