कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

फोनिज यूकेको 'द जर्नलिस्ट' सार्वजनिक

बेलायत — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको वार्षिक प्रकाशन 'द जर्नलिस्ट' को दोस्रो अंक सार्वजनिक भएको छ । शुक्रबार बेलायतको अल्डरसटस्थित एम्पायर ब्याक्वेट हलमा आयोजित समारोहमा उक्त स्मारिक सार्वजनिक गरिएको हो ।

फोनिज यूकेको 'द जर्नलिस्ट' सार्वजनिक

नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष जंग सुनुवार, फोनिज यूकेका संस्थापक अध्यक्ष पूर्ण गुरुङ र वर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, सल्लाहकारहरु सोनाम छिरिङ शेर्पा, एकेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र गुरुङलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

यो प्रकाशनको सल्लाहकारमा फोनिज केन्द्रका अध्यक्ष डण्डबहादुर गुरुङ र फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ राई रहेका छन् । यसको प्रधान सम्पादक सोनाम छिरिङ शेर्पा र नेपाल सम्पादक गणेश राई तथा फोटो पत्रकार मिलन तमु रहेका छन् । प्रकाशनमा बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुधार्मिक लोकतान्त्रिक गणतान्त्रिक देश नेपाललाई हेर्न सकिने सामग्रीहरू समेटिएका छन् ।


फोनिज विश्वभरि छरिएर रहेका आदिवासी जनजाति पत्रकारहरूको पेसागत संगठन हो । बेलायतमा कार्यरत जनजाति पत्रकारहरूले सन् २०१३ मा फोनिज यूके गठन गरेका हुन् ।

प्रकाशित : जेष्ठ १८, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?