मिस इंग्ल्यान्डमा नेपाली चेलीलाई पब्लिसिटी क्वीन उपाधि  

कान्तिपुर संवाददाता

लन्डन — प्रतिष्ठा ‘तृष’ राउत बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतिष्पर्धा ‘मिस इंग्ल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छन्। बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा शुक्रबार भएको सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये छानिएकी हुन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् ।

प्रतिस्पर्धामा भाग लिन करिब २० हजारले आवेदन दिएका थिए । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी वीथ पर्पोज गरि ३ राउण्ड भएको थियो । पब्लिक भोटले उनलाई पब्लिसिटी क्वीन उपाधि दिलाएको छ । अन्तिम फाइनल समरमा हुने आयोजकले जनाएका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

न्युजिल्यान्डको श्रीलंकामाथि १० विकेट जित

एएफपी

कार्डिफ — न्युजिल्यान्डले विश्वकपको आफ्नो पहिलो खेलमा खराव समयबाट गुज्रिरहेको श्रीलंकामाथि शनिबार १० विकेटको सजिलो जित निकालेको छ । 


यो सुदृढ जितपछि न्युजिल्यान्डले प्रतियोगिताका बाँकी टिमलाई कडा चेतावनी पनि दिएको छ। न्युजिल्यान्डले जितका लागि १ सय ३७ रनको लक्ष्य पाएकोमा त्यसलाई सजिलै १६.१ ओभरमा विना विकेट क्षति पूरा गर्‍यो।
न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याटिङ जोडीमध्ये मार्टिन गुपटिलले ७३ रन र कोलिन मुनराले ५८ रन बनाए। यसअघि श्रीलंका २९.२ ओभरमा १ सय ३६ रनभित्र समेटिएको थियो।

श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले सर्वाधिक ५२ रन बनाए र नटआउट रहे। किवी बलरमध्ये म्याट हेनरी र लकी फर्गुसनले तीन तीन विकेट लिए।

प्रकाशित : जेष्ठ १८, २०७६ १९:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT