मलेसियामा ३२ जना नेपाली पक्राउ

अध्यागमन कानुन उल्लंघन गरेको आरोप

क्वालालम्पुर — मलेसियामा आयोजना हुने भनिएको एक सांगितिक कार्यक्रमका लागि मलेसिया आएका ३ जना कलाकारसहित ३२ जनालाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । 

मलेसियामा ३२ जना नेपाली पक्राउ

एसएसओजी धमाका वान नामक सांगीतिक कार्यक्रमका लागि मलेसिया आएका गायिकाद्धय श्रेया राई, सुनिता थेगिम, गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक गत बिहीबार पक्राउ परेका हुन् । मलेसियाली अध्यागमन नियम कानुन उल्लंघन गरेको आरोपमा उनीहरुलाई कार्यक्रम शुरु हुनु अगावैदेखि खानतलासी गरी नियन्त्रणमा लिइएको बताइएको छ ।

कार्यक्रम आयोजना गरिएको स्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको र हाल पुत्राजयास्थित अध्यागमनको हिरासत गृहमा राखिएको जानकारी प्राप्त भएको नेपाली दूतावासले जनाएको छ ।


दुतावासका अनुसार अध्यागमनको नियन्त्रणमा रहेकामा २० जना पुरुष र १२ जना महिलाहरु छन् । ईदको अवसरमा आयोजना गरिएको उक्त सांगीतक कार्यक्रम शुरु हुनु अगावैदेखि सादा पोशाकमा आएका प्रहरीले सहभागीहरुमाथि धरपकड गरेका थिए ।


दुतावासले पक्राउ परेका नेपालीहरुको अवस्था बुझी रिहाइ अथवा सुरक्षित फिर्तीको पहल गर्ने तयारी भइरहेको छ ।


‘हामीले उक्त घटनाबारे मलेसियाको अध्यागमन विभागसाग जानकारी मागेका थियौ, ३२ जना नेपालीहरु नियन्त्रणमा रहेको जानकारी पाएका छौं । अब सोमबार कार्यालयहरु सुचारु भएपछि आवश्यक पहल गर्छौं,’ मिनिस्टर काउन्सिलर कुमारराज खरेलले कान्तिपुरलाई भने ।


प्रकाशित : जेष्ठ २६, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?