पेरिसमा नेपाली मेलाको रौनक [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका विभिन्न जातजातिको भेषभूषा तथा संस्कृति झल्काउने नृत्य र जीवित देवी कुमारीको रथयात्रा प्रदर्शन गर्दै पेरिसमा १६ औं नेपाली मेला आयोजना गरिएको छ । पेरिसको भासेन पार्कस्थित बुद्धको प्यागोडा रहेको ठाउँमा मेला गरिएको हो । नेपाली सांस्कृतिक गृह, पेरिसले गरेको मेला शनिबारदेखि दुई दिनसम्म चल्ने छ । मेलामा हजारौं फ्रान्सेली लगायत नेपाली सहभागी छन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ १६:३२

प्रवासमा नेपाली खानाको स्वाद चखाउन मम, सेल, पकौडा, रसवरी, जुलेबी, नेपाली दालभात, गहुँको रोटी लगायत परिकार राखिएको छ । काठमाडौं उपत्यकाको मौलिक पर्व कुमारीको रथका साथै लाखे नाचले नेपाली र फ्रान्सेलीलाई विशेष आकर्षण गरेको थियो । नेपाली खानाप्रति आकर्षित गराउन आयोजकले सहभागीहरुलाई मम बनाउन सिकाउने कार्यक्रम पनि राखेका छन् । यसमा धेरै फ्रान्सेली सहभागी भएका आयोजकले दाबी गरेको छ ।

मेलामा नेपाली गरगहना, पस्मिना, ढाकाका कपडा, अचार, तितौरा, दाल, चाउचाउ लगायतका खाद्य र विभिन्न हस्तकलाका सामग्रीको प्रदर्शनी र बिक्री स्टल राखिएका छन् । फ्रान्सेलीहरुले नेपालका बारेमा प्रकाशित केही पुस्तकसमेत बिक्रीका लागि राखेका छन् ।

कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारीले नेपाल र फ्रान्सबीच दौत्य सम्बन्ध कायम भएको ७० औं वर्ष भएकाले पनि यो वर्ष विशेष महत्का साथ मनाइने उल्लेख गरे । नेपाल र फ्रान्स भाषा, संस्कृति, सभ्यतामा समान रहेकाले यी दुई देशले सहकार्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्री ओली बेलायती राजकुमार भेट तय

कान्तिपुर संवाददाता

लन्डन — बेलायतको तीन दिने औपचारिक भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी ओली र बेलायती राजकुमार ह्यारीबीच भेटघाट तय भएको छ । प्रिन्स ह्यारीसँग जुन ११ मंगलबार केन्जिङटन प्यालेसमा भेट तय भएको लन्डनस्थित दूतावास स्रोतले जनाएको हो । 

करिब दुई वर्षअघि नेपाल भ्रमणसमेत गरेका ब्रिटिस राजकुमार ह्यारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको बताउँदै आएका छन्। अफगानिस्तानमा गोर्खा सैनिकहरुसँगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको पनि खुलेर प्रशंसा गर्ने गरेका छन्। भूकम्प गएको झण्डै एक वर्षपछि नेपाल पुगेका ह्यारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोर्खाको एक गाउँमा गाउँलेहरु सँगै ढुंगा माटो बोकेर एक स्थानीय विद्यालयको पुनर्निर्माणमा सघाएका थिए।

प्रधानमन्त्री ओली र बेलायती समकक्षी टेरेजा मेबीच ११ तारिखकै दिन दिउँसो भेटवार्ताको कार्यक्रम छ।

नेपालका प्रधानमन्त्री १७ वर्षपछि बेलायत आउने भएपछि यहाँको नेपाली समुदाय उत्साहित र आशावादी छन् । प्रधानमन्त्री ओलीले भ्रमणका अवसरमा नेपाली डायस्पोरालाई समेत सम्बोधन गर्ने भएकाले उनीहरु आफ्ना कुरा राख्न आतुर छन् । आफ्ना प्रधानमन्त्रीसँग एनआरएनएले दोहोरो नागरिकता र भूपू गोर्खाहरुले समान पेन्सन मुद्दा उठाउने बताएका छन् ।

बेलायती प्रधानमन्त्री मेको निमन्त्रणामा प्रधानमन्त्री ओली १० जुन सोमबार लन्डन उत्रने कार्यक्रम छ । मेले गत शुक्रबार दलको नेताबाट राजीनामा दिइसकेकाले उनी यतिखेर कामचलाउ प्रधानमन्त्रीका रुपमा छिन् ।

बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगिसकेको छ । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन सघाउने बताउँछन् लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (ओबिइ) ।

प्रकाशित : जेष्ठ २६, २०७६ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT