ओमनमा २५६३ औं बुद्ध जयन्ती मनाइयो

काठमाडौँ — ओमनस्थित नेपाली बुद्ध भिजनले २५६३ औं बुद्ध जयन्ती मनाएको छ । इस्लाम धर्मालम्बी रमदान र इद पर्न गएकोले ढिलो गरी बुद्ध जयन्ती मनाइएको हो । लामाद्वारा विशेष पूजा कार्यक्रम गरी मनाइएको थियो ।

ओमनमा २५६३ औं बुद्ध जयन्ती मनाइयो

ओमनका लागि राजदूत शर्मिला पराजुली ढकालले नेपाल अन्तर्राष्ट्रिय बौद्ध धर्मालम्बीहरुको लागि केन्द्र रहेको बताइन् । नेपाली बुद्ध भिजनका अध्यक्ष ङेमा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव डिबी क्षत्री, एनआरएन सोसल क्लब ओमानका अध्यक्ष दिपक श्रेष्ठ, ओमकार तामाङ लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : असार १, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?