कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘भिजिट नेपाल २०२०’ सफल बनाउन दूतावासको आग्रह

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा रहेर नेपालमा पर्यटक पठाइरहेका व्यवसायी तथा संघसंस्थाहरुलाई दूतावासले नेपाल सरकारको पर्यटकीय योजना ‘भिजिट नेपाल २०२०’ सफल बनाउन आग्रह गरेको छ । 

क्यानबेरामा रहेको नेपाली दूतावास र दक्षिण अस्ट्रेलियाको अवैतनिक वाणिज्य दूतावासले यहाँ रहेर पर्यटकीय क्षेत्रमा काम गरिरहेका सरोकारवालाहरुसँग नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ को बारेमा जानकारी दिने प्रयास गरेको थियो ।


अस्ट्रेलियास्थित नेपाली दुतावासकी कार्यवाहक राजदूत द्रुपदा सापकोटाले नेपाल पर्यटकीय क्षेत्रका लागि अहिले पनि उत्कृष्ट स्थान भएको बताउँदै आफ्नो क्षेत्रबाटे सहयोग पुरयाउन आग्रह गरेकी थिइन् । उनले नेपालमा वर्तमान अवस्थामा दिगो सरकार रहेको र सुरक्षाको मामलामा पनि कुनै समस्या नरहेको भन्दै पर्यटकहरुलाई नेपाल पठाइदिन भनेकी थिइन् ।


यहाँस्थित राजनीतिक दलका नेताहरुका साथै अधिकांश विदेशी पर्यटक क्षेत्रका ब्यवसायिहरु सम्मिलत कार्यक्रममा सहभागीहरुलाई नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा समेत प्रस्तुती दिइएको थियो ।


वाणिज्यदूत दिपक धमलाले व्यवसायी र पर्यटकलाई लक्षित गरेर गरेको उक्त प्रस्तुतिले यहाँबाट नेपाल घुम्न जाने पर्यटकहरुलाई प्रोत्साहन गर्ने बताए । ‘हामीले नेपालको पर्यटकीय क्षेत्रलाई नयाँ किसिमले अघि लैजाने योजना बनाएका छौं र त्यसका लागि तपाईंहरुको सहयोगको आवश्यकता छ’ उनले भने ।


कार्यक्रमपछि कुराकानी गर्दै सहभागि पर्यटन व्यवसायीहरुले समेत वार्षिक रुपमा करिब २५ हजार अस्ट्रेलियालीले नेपाल भ्रमण गर्ने गरेको भन्दै यो संख्या बढाउनेमा आफूहरु सँधै लागि पर्ने बताएका थिए ।


विगत एक दशकदेखि नेपालमा पर्यटक पठाउँदै आएका एक व्यवसायीले नेपाल पर्यटकहरुको लागि रोजिएको क्षेत्रमा पर्ने समेत सुनाए । कार्यक्रममा स्थानीय सांसद रसल वाट्लीले नेपाल सुन्दर देश हुनुका साथै नेपालीहरु समेत मिलनसार र मिहनेती भएको बताए । उनले नेपालमा पर्यटनको क्षेत्रका लागि अझ धेरै सम्भावना रहेको रुपमा ब्याख्या गर्दै भ्रमण वर्षको सफलताको कामना गरे ।


कार्यक्रममा सहभागीहरुलाई ढाकाटोपी र गलबन्दीले स्वागत गरिएको थियो भने कुमारी लगायतका नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । अत्यन्तै न्यून संख्यामा नेपालीहरु सहभागि उक्त कार्यक्रममार्फत नेपालमा अस्ट्रेलियाबाट घुम्न जाने पर्यटकहरुको संख्यामा केही मात्रा बृद्धि हुने दाबी दूतावास र वाणिज्य दूतावासले गरेको छ । कार्यवाहक राजदूत सापकोटाले सबै राज्यमा रहेका अवैतनिक वाणिज्य दूतावासहरुसँग मिलेर यस्तै कार्यक्रमहरु आयोजना गरिने समेत जानकारी दिइन् ।

प्रकाशित : असार ७, २०७६ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?