कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केन्यामा एनआरएनको चौथो महाधिवेशन

काठमाडौँ — केन्यास्थित गैरआवासिय नेपाली संघ (एनआरएनए)को चौथो राष्ट्रिय महाधिवेशन राजधानी नैरोवीमा सम्पन्न भएको छ । तर, आवश्यक उम्मेद्वारी नपरेपछि निर्वाचन प्रक्रिया भने स्थगित भएको छ ।

केन्यामा एनआरएनको चौथो महाधिवेशन

एनआरएन केन्याका अध्यक्ष कृष्णदत्त भट्टको सभापतित्वमा सम्पन्न महाधिवेशनको उद्घाटन गर्दै केन्याको लागि नेपाली अवैतनिक महावाणिज्यदूत जिम्मी अस्करले नेपालीको हित र सुरक्षाको लागि केन्या सरकारसग निकट रहेर काम भइरहेको बताए ।


महाधिबेशनमा उपाध्यक्ष कृष्णप्रसाद गैरेले केन्यामा नेपाली युवतीको बढ्दो तस्करी भइरहेकोले त्यसलाई नियन्त्रण गर्न भुमिका खेलिरहेको बताए । महासचिव सुरज डुम्रेले २०१७–०१९ को वार्षिक प्रतिवेदन र अध्यक्ष भट्टले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।


एनआरएनए इराकका अध्यक्ष खेम पौडेलले सरकारले सधैं इराकमा कार्यरत नेपालीलाई असुरक्षाको दृष्टिकोणबाट मात्रै हरेको बताए । उनले कुर्दिस्तानमा कार्यरत नेपालीको लागि श्रम स्वीकृति दिनुपर्ने बताए ।


संघले निर्वाचनको कार्यक्रम स्थगित भएपछि नयाँ कार्यसमिति गठन गरेको छैन । निर्धारत समयभित्र आवश्यक उम्मेदवारी नपरेपछि थप समय थपिएको निर्वाचन समितिका संयोजक नारायण भट्टाराईले बताए । अर्को कार्यसमिति चयन नभएसम्म भट्टकै कार्यसमितिले निरन्तरता पाएको छ ।

प्रकाशित : असार १०, २०७६ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?