कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एनआरएनए अस्ट्रेलियामा केशव कँडेल

नारायण खड्का

अस्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नेतृत्वमा केशव कँडेल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले प्रतिद्वन्द्वी दिनेश पोखरेललाई पराजित गर्दै एनआरएनए अस्ट्रेलियाको नेतृत्व लिन सफल बनेका हुन् ।

एनआरएनए अस्ट्रेलियामा केशव कँडेल

निर्वाचनबाट महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी, सचिवमा उषाकिरण बारिया, कोषाध्यक्षमा अनिल पोखरेल र युवा संयोजकमा इर्षाद अहमद चुनिएका छन् । यसैगरी अस्ट्रेलियाका ६ राज्यहरु तथा दुई टेरिटोरीमा समेत नेतृत्व छानिएका छन् ।


निर्वाचन समितिका अनुसार न्यु साउथ वेल्समा देवबहादुर गुरुङ, दक्षिण अस्ट्रेलियाबाट नविन पन्त, भिक्टोरियामा प्रेम कँडेल, क्युन्सल्याण्डमा उमेश खड्का, अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा चुणामणि सापकोटा र पश्चिम अस्ट्रेलियामा कृष्णमान श्रेष्ठ निर्वाचित भएका छन् । तास्मानिया र डार्बिनमा क्रमशः सन्देश परियार र हेम पुन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।


एनआरएनए अस्ट्रेलियाले हरेक दुई वर्षमा नेतृत्वका लागि निर्वाचन गर्छ । निर्वाचन आयोगका प्रमुख आयुक्त मन केसीले विजयी उमेदवारहरुको घोषणा गरेका हुन् । जम्मा १२ हजार मतदाता रहेको अस्ट्रेलियामा करिव ७० प्रतिशत मत खसेको थियो । अध्यक्षमा निर्वाचित भएपछि कँडेलले निर्वाचनमा हारजित सामान्य कुरा भएकाले सबैसँग मिलेर काम गर्ने बताए । उनले आफूले निर्वाचनताका घोषणा गरेको सबै एजेण्डाहरुलाई पुरा गर्न प्रतिवद्ध भएर लाग्ने सुनाए ।


निर्वाचनमा बामपन्थी र कांग्रेस समर्थकहरुले अलग अलग प्यानल बनाएर निर्वाचनमा उम्मेदवारी दिएका थिए । विद्युतीय प्रणालीबाट गरिएको निर्वाचनको नतिजा शनिबार राति सार्वजनिक गरिएको थियो । विश्व एनआरएनएमा सबैभन्दा धेरै मतदाता रहेको देशको रुपमा चिनिएको अस्ट्रेलियाको मतदानलाई महत्वका साथ हेरिएको थियो । विभिन्न दुई प्यानलबाट चुनावमा आएका उम्मेदवारहरुको चुनावी प्रचारप्रसारले नेपालकै चुनावको झल्को समेत दिएको थियो ।

प्रकाशित : असार २२, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?