३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दृष्टिविहीनलाई सहयोग जुटाउन अस्ट्रेलिया

नारायण खड्का

अस्ट्रेलिया — नेपाली फिल्मका नायक राजेश हमाल केही कलाकारसहित अहिले अस्ट्रेलिया भ्रमणमा छन्  । तीन साता लामो अस्ट्रेलिया भ्रमणमा आएका उनीहरू कुनै सांगीतिक कार्यक्रम गर्न आएका भने हैनन्  ।

दृष्टिविहीनलाई सहयोग जुटाउन अस्ट्रेलिया

बरु दृष्टिविहीनका लागि भवन निर्माणमा सहयोग जुटाउन यहाँ आएका रहेछन् ।


हास्यव्यंग्य कलाकार शैलेन्द्र सिंखडा, गायिका मेनुका पौडेल र एलिसा रेग्मीसहित आएर अस्ट्रेलियाका विभिन्न सहरमा कार्यक्रम गरिरहेका उनले सिन्धुपाल्चोकमा रहेका दृष्टिविहीन बालबालिकाका लागि भवन निर्माणका साथै तालिम केन्द्र निर्माण अभियानमा रहेको सुनाए ।


‘केही भएका हामीले केही नभएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई सहयोग गरौं भन्ने उद्देश्यले हामी तपाईंसमक्ष आएका हौं,’ हमालले भने । उनका अनुसार २० दिन लामो यात्राका लागि दुई साता पहिले अस्ट्रेलिया आएका उनीहरूको यो सहयोग अभियान मेलबर्नमा कार्यक्रमपछि सकिनेछ ।


‘हामीले ब्रिसबन, गोल्डकोस्ट, सिड्नी, तास्मानियालगायत सहरमा धेरै सहयोगी हातहरू पाइसकेका छौं र यो पुण्य काम चाँडै सम्पन्न हुनेमा विश्वास दिलाउन चाहन्छु,’ कार्यक्रमको सिलसिलामा दक्षिण अस्ट्रेलिया आइपुगेका हमालले भने ।

प्रकाशित : असार ३०, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?