३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एनआरएनए फ्रान्समा शाही विजयी

ददि सापकाेटा

फ्रान्स — गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा नरेन्द्र शाही निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा उनले प्रतिद्वन्द्वी हरि सापकोटालाई पराजित गर्दै एनआरएनए फ्रान्सको नेतृत्व लिन सफल भएका हुन् । 

यस्ती उपाध्यक्षमा अम्मर भण्डारी र गिता खनाल, महासचिवमा मिन कुमार श्रेष्ठ, सचिवमा राजु बस्नेत, कोषाध्यक्षमा लालबहादुर सोडारी निर्वाचित भएका छन् । युवा संयोजकमा कसैकोपनि उम्मेदवारी नपरेकाले दिलीप गुरुङ चुनिएका छन् । यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा पान कुमारी मल्ल विजयी भएकी हुन् ।


एनआरएनए फ्रान्समा करिब ३ सय ७१ जना मतदाता छन् । ती मध्ये झण्डै ८० प्रतिशतले मतदान गरेका छन् ।


प्रकाशित : भाद्र २, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?