बजारमा रुपबजारकी नोरा

काठमाडौ — पत्रकार तथा युवा साहित्यकार सरोजराज अधिकारीको कथासंग्रह रुपबजारकी नोरा सोमबारदेखि बजारमा आएको छ ।
साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकमा विभिन्न कालखण्डमा लेखिएका ११ कथा समावेश गरिएको छ ।

पत्रकार तथा युवा साहित्यकार सरोजराज अधिकारीको कथासंग्रह रुपबजारकी नोरा सोमबारदेखि बजारमा आएको छ ।
साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकमा विभिन्न कालखण्डमा लेखिएका ११ कथा समावेश गरिएको छ ।
कथानकका हिसाबले प्रेम र यौन मनोविज्ञान मुखतरित भए पनि अधिकांश कथा राजनीति र समाजलाई केन्द्रमा राखेर लेखिएका छन् । गरिमा, मधर्ुपर्क, हिमाल, समयजस्ता पत्रपत्रिकामा प्रकाशित भइसकेका र केही नया“ कथा पुस्तकमा समेटिएको छ । लेखक अधिकारीको लेखन शैली साङ्केतिक छ, संवादका माध्यमबाट घटनाक्रम र परिवेशलाई अघि बढाइएको छ ।
'सरोजका कथा साङ्केतिक भाषामा लेखिएका छन् । कथाको परम्परागत भाषा त्यहा“ उपस्थित हुन्न । संवादका माध्यमबाट तिनले परिवेश खडा गर्छन । र, संवादमै कहीनिर तिनले सन्देश दिएर जान्छन्,' कथासंग्रहको भूमिकामा कवि श्यामलले लेखेका छन्, 'इमानदारीले उनलाई कथालेखनमा साधिकार हस्तक्षेप गर्न प्रेरित गर्छ र कथ्यमा विश्वसनीयता कायम हुन्छ ।'
यसअघि लेखकको विदेशी गुप्तचर संस्थाको नेपाल चलखेलबारेको पुस्तक जासुसीको जालो प्रकाशित भइसकेको छ । 'ननफिक्सन' बाट पुस्तक लेखन सुरु गरेका कथाकार अधिकारीको रुपबजारकी नोरा पहिलो साहित्यिक कृति हो । पुस्तकको मूल्य एक सय ३० रुपैया“ रहेको छ । राजधानीबाट वितरण सुरु गरिएको पुस्तक छिट्टै मुलुकभर पुर्‍याइने प्रकाशकले जनाएका छन् ।




प्रकाशित : पुस १३, २०६७ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?