१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चक्रवीर बने गितार मेस्ट्रो

काठमाडौ — काठमाडौंका चक्रवीर लामा 'गितार मेस्ट्रो- २०१०' घोषित भएका छन् । दसैंअगाडि काठमाडौंमा भएको अडिसनबाट चुनिएका उनले प्रतियोगिता जितेर एक लाख रुपैयाँसँगै बेलायतमा बनेको विशेष गितार हात पारेका छन् ।

सोमबार राजधानीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट घोषित चक्रवीरलाई संस्कृति मन्त्री मिनेन्द्र रिजालले पुरस्कार दिए ।
काठमाडौंकै इन्द्रबहादुर लामा र सक्रिय महरा क्रमशः दोस्रो र तेस्रो भए । होम टीभीका तर्फबाट इन्द्रबहादुरले ७५ हजार रुपैयाँ र सक्रियले ५० हजार रुपैयाँ प्राप्त गरे । उनीहरूले गितार किन्न मेस्ट्रोबाट थप क्रमशः ३० हजार र २५ हजार रुपैयाँ पनि पाए । प्रतियोगितामा उत्कृष्ट तीन बनेका यी युवाले देशभरका उत्कृष्ट दसलाई उछिनेका हुन् ।
प्रतियोगिताका टप टेन गितारवादकहरूले जोडदार प्रस्तुति दिएका थिए । उनीहरूलाई श्याम महर्जनले बेस गितारमा र 'माउन्ट ८८४८' ब्यान्डका विनोद लामाले ड्रममा ब्याक-अप गरेका हुन् । टप टेनमा परेका प्रतियोगीहरूले एउटा म्युजिक एल्बम निकाल्ने छन् । कार्यक्रममा प्रतियोगीबाहेकका कलाकारको पनि प्रस्तुति रहेको
थियो । ज्योति घिमिरेले 'लजालु तिम्रो हेराइले...', आस्था बीले 'सबैलाई...', राजु सिंहले 'रित्तो सडकमा खोज्छु...' गाए । बेलायतका गितारिस्ट जे रायनले 'वी डोन्ट निड नो एजुकेसन...' गाउँदै बजाएको गितार कलाले सबैको मन छोयो ।


प्रकाशित : पुस १३, २०६७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?