कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

न्यू इयर इभको रन्को

काठमाडौ — अंग्रेजी नयाँ वर्ष २०११ नजिकिँदै गर्दा राजधानी जाडो मौसममा पनि तात्तिँदै गएको छ । न्यू इयर इभलाई यादगार बनाउने तयारीमा सहर जुटेको छ ।

लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बुधबार थाइल्यान्डबाट आएका कलाकारहरू भेटिए, जसले आफ्ना प्रस्तुतिमार्फत न्यू इएर इभलाई तताउनेछन् ।
हरेक वर्षझै यसपटक पनि र्‍याडिसनले अन्तर्राष्ट्रिय डिस्क जकी (डिजे) र चर्चित डान्सरहरू निम्त्याएको हो । पाँचजनाको समूहमा रहेका कलाकारहरूले बुधबार पत्रकार भेटघाट क्रममा 'आफूहरू नेपालीलाई नयाँवर्ष प्रस्तुतिमार्फत तताउन उत्सुक रहेको' बताए ।
टोलीमा फेसन टीभी बैंककका डिजे रेमी र जेपेरिया क्लबकी डिजे बेबीबम्ब पनि छन्, उनीहरू हिप-हप, आर एन्ड बी, डान्स इलेक्ट्रोजस्ता अन्तर्राष्ट्रिय म्युजिकमा हल्का थाई म्युजिकको स्वाद मिसाएर नचाउने सुरमा छन् । इलेक्ट्रो हाउस म्युजिकमा पोख्त डिजे बेबीबम्बले चर्चित नेपाली म्युजिकमा आफ्नै म्युजिकलाई समायोजन गरेर नेपाली दर्शकलाई नयाँ स्वाद दिन इच्छुक रहेको समेत बताइन् । यी दुईको रिमिक्स म्युजिकमा नाँच्न र नचाउन थाई प्रोफेसनल डान्सरहरू अगस्ट, आर्म, पोनी र भेनेसा पनि आइपुगेकी छन् ।
र्‍याडिसन र डिजिटल पार्टी इभेन्टले गर्न लागेको कार्यक्रमको नाम 'क्लब इलेभेन' दिइएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा र्‍याडिसनको वाटरफल गार्डेनस्थित हलमा गरिने यो कार्यक्रमका अर्को आकर्षण भनेको काठमाडांैंका डिजे शिशिर हुन् । उनले चर्चित हिन्दी र नेपाली गीतमा देशी-विदेशी दर्शक नचाउनेछन् । नाचगानका साथ क्लब इलेभेनमा रमेका ग्राहकलाई विभिन्न अन्तर्राष्ट्रिय परिकारको स्वाद चखाउने पनि सम्मेलनमा जानकारी दिइयो ।
यता थाई म्युजिकमा नयाँवर्षको स्वागत गर्न तम्तयार दर्शकलाई नचाउन तयारी गरिरहेका यी तीन डिजे र डान्सरहरूझंै पुतलीसडकस्थित क्युब ः द क्लबमा 'आस्था' ब्यान्डका नरेन लिम्बू र सुदीप गुरुङले प्रस्तुति दिँदै छन् । सुदीप बेलायत जानुअघि यही क्लबमा 'आस्था'ले अन्तिम परर्फमेन्स दिएको थियो । त्यसैले नयाँवर्ष मनाउन नेपाल फर्केका सुदीप र नरेनको वर्षौपछि सँगै हुने परर्फमेन्समा 'आस्था'का फ्यानलाई विषेश उपहार हुने क्लबका प्रबन्धक निरेश शाहीले बताए । दरबारमार्गस्थित मालिङ्गो रेस्टुरेन्ट एन्ड बारमा क्रिसमस इभदेखि नै १५ प्रतिशत सहुलियत तथा हरेक दिन दुईजनालाई चिठ्ठाबाट डिनर कुपन बाँडेर नयाँवर्षको स्वागत गरिँदै छ ।

प्रकाशित : पुस १५, २०६७ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?