'गिरिजाबाबुले भनेपछि फिल्म बनाएँ'

कान्तिपुर संवाददाता

काठमाडौ — विद्रोही माओवादी शान्तिप्रक्रियामा आएपछि सांस्कृतिक क्रान्ति भन्दै धमाधम 'जनवादी' फिल्ममा लगानी गरी प्रदर्शन गर्न थालिएको बेला एक व्यक्तिलाई गिरिजाप्रसाद कोइरालाले 'डेमोक्रेटिक' फिल्म बनाउन आग्रह गरेछन् ।

लोकेन्द्र कार्कीले कोइरालाको प्रस्तावमा फिल्म त बनाए तर प्रस्तावकले हेर्न भने पाएनन् । राजनैतिक पृष्ठभूमिमै बनाइएको फिल्म 'शासन' माघको पहिलो सातादेखि दर्शकले हेर्न पाउने भएका छन् ।
'एकपक्षीय फिल्म आउन थालेपछि सन्तुलनका लागि पनि गिरिजाबाबुले डेमोक्रेटिक फिल्म बनाउन भनेका थिए,' आफ्नै लगानीमा फिल्म बनाएका लोकेन्द्रले फिल्मलाई राष्ट्रसेवक सिपाहीका दृष्टिकोणबाट बनाएका छन् । 'यसमा नेपाली आर्मीले भारतीय अतिवादविरुद्ध लडेको देखाइएको छ,' फिल्मकै मुख्य पात्रमा देखिएका उनले फिल्ममा प्रयुक्त केही आक्रामक संवाद पनि सुनाए । परराष्ट्र समस्या आउला नि भन्ने प्रश्नमा उनी जंगिए, 'भारतीय राजदूतले नेपालमा मनपरी भन्न हुने, हामीले आफ्नो राष्ट्रियताको सवालमा बोल्न पनि नहुने ?' नायकको आरोप छ, 'नेपालमा हुने आपराधिक घटना भारतबाटै मान्छे आएर हुने गरेका छन्, जसमा नेपाली नेताकै पनि हात हुने गर्छ ।'
नेपाली सुरक्षा संयन्त्र बलियो देखाइएको फिल्ममा अधिकांश दृश्य आर्मी हेडक्वाटरदेखि विभिन्न क्याम्पमा खिचिएका छन् । एउटै दृश्यमा चार सयभन्दा बढी अत्याधुनिक हतियारसहितका प्रहरीको प्रयोग होस् वा पूर्वराजाले चढ्ने गरेको हेलिकोप्टर, क्यामेरामा कैद भएका छन् । लोकेन्द्रले आफ्नो उच्च राजनैतिक पहुँचकै कारण पनि राष्ट्रपति भवनमा बन्दुक पड्काएका दृश्य समेट्न सकेका रहेछन् ।
राष्ट्रपतिदेखि नेताले आफ्नो दायित्व यथोचित निर्वाह नगर्ने तर द्वैधचरित्र देखाउनेलाई जनपक्षीय हुन दबाब दिने सन्देशात्मक फिल्म बताउने निर्माता/नायक कार्कीले तिनै नेतालाई फिल्म देखाउन कोसिस गरिरहेका छन् । सामाजिक हितमा काम गर्न फिल्म माध्यमनै सशक्त र प्रभावकारी हुने ठानेका उनले फिल्मबाट उठेको रकमबाट तीन विद्यार्थीलाई स्नातक तहको निःशुल्क शिक्षा मिलाइदिने बताएका छन् ।
फिल्म 'सोल्टिनी'बाट १४ वर्षअघि फिल्म क्षेत्रमा नायक बनेर छिरेका लोकेन्द्रले शिक्षित फिल्मकर्मीको अभावकै कारण नेपाली फिल्म क्षेत्र व्यावसायिक बन्न नसकेको मान्छन् । आकाश अधिकारी निर्देशित फिल्ममा रेखा थापा, सञ्चिता लुइँटेल, नीर शाह, सम्राट सापकोटाले पनि अभिनय गरेका छन् ।
डेढ करोडको लगानीमा बनाइएको दाबी गरिएको उक्त फिल्मले साधारणदेखि हाईफाई दर्शक सबैले रुचाउने विश्वास व्यक्त गर्दै निर्माताले लगानी नेपाली बजारबाटै उठाउनेमा विश्वस्त छन् ।




प्रकाशित : पुस १५, २०६७ ०९:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छोटकरी

कान्तिपुर संवाददाता

काठमाडौ — बक्सिङ तयारी अन्तिममाहेटांैडा -कास)- आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको अन्तरनगरपालिका स्तरीय महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

बक्सिङ तयारी अन्तिममा
हेटांैडा -कास)- आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको अन्तरनगरपालिका स्तरीय महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । शनिबारदेखि सञ्च्ाालन हुने 'रोड टु हेटांैडा' भन्ने मुख्य नारा रहेको बक्सिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता मूल आयोजक समितिका संयोजक पुरणबहादुर जोशीले बताए । समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक जोशीले ३० नगरपालिकाका करिब १ सय ५० खेलाडीले भाग लिने जानकारी गराएका थिए । करिब ८ लाख रुपैयाँ खर्च हुने उक्त प्रतियोगिता सञ्चालनका लागि स्थानीय निकाय र संघसंस्थाले आर्थिक सहयोग गरेका छन् । हेटांैडा नगरपालिका-४ स्थित सहिद मैदानमा सञ्चालन हुने प्रतियोगितामा महिला खेलाडी ४० जना हुने आयोजकले बताएको छ ।

सुनगाभा र कोसी फाइनलमा
विराटनगर -कास)- दोस्रो हिसान खेल सप्ताहअन्तर्गत बुधबार फुटबलतर्फ उर्लाबारीको सुनगाभा र कोसी उच्चमावि फाइनल प्रवेश गरेका छन् । सुनगाभाले विराटनगरको सिटी कलेजलाई ३-० ले र कोसीले सिद्धार्थलाई सडनडेथमा ८-७ ले हराए । खेल सप्ताहमा १७ उच्चमाविका ७ सय ६५ खेलाडी सहभागी छन् । प्रतियोगितामा फुटबल, क्रिकेट, टेबलटेनिस र एथलेटिक्स समावेश छन् ।

डनबस्को कप अर्को महिना
काठमाडौं -कास)- डनबस्को कप बास्केटबल माघ १५ देखि २२ सम्म हुने भएको छ । प्लस टु स्तरमा हुने प्रतियोगितामा पुरुषतर्फ १६ र महिलामा ८ टिमले सहभागिता जनाउने डनबस्को कलेजका प्रमुख कपिलदेव रेग्मीले बुधबार बताए । प्रतियोगिताको यो १३ औं संस्करण हो भने प्राइम कलेज महिला र पुरुष दुवैको डिफेन्डिङ च्याम्पियन हो । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ ।

भारतलाई दुई स्वर्ण
विराटनगर -कास)- नेपाल टेबल सकर फेडेरेसनको आयोजनामा बुधबार इन्डो-नेपाल टेबल सकर प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा भारतले दुई स्वर्ण र नेपालले १ स्वर्ण जितेका छन् । छात्रको युथ ८ डबल्स समूहमा भारतका अभिषेक र यानिसको जोडीले नेपालको मदरटेरेसा स्कुलका ओमकुमार यादव र अजय शाहको जोडीलाई हराएर स्वर्ण जिते ।
यसैगरी युथ १० समूहको डबल्समा नेपालको सगरमाथा स्कुलका कुमुद निरौला र आयुष बस्नेतको जोडीले भारतका सर्वेश चिम्पुलन्कर र अनिकेतको जोडीलाई हराएर स्वर्ण जित्यो । त्यस्तै युथ १२ समूहको डबल्समा भारतका अन्तरपि्रत र पंकजको जोडीले नेपालका सगरमाथा स्कुलका अभिषक शर्मा र सज्जलबाबु नेपालको जोडीलाई हराएर स्वर्ण हात पार्‍यो । विराटनगरस्थित डीएभी स्कुलमा तीन दिनसम्म सञ्चालन हुनेे प्रतियोगितामा विभिन्न ६ उमेर समूहका दुई मुलुकका ४ सय ५ विद्यार्थी सहभागी छन् । प्रतियोगितामा नेपालका ११ विद्यालय र भारतका विभिन्न १० प्रान्तका विद्यार्थीले भाग लिएका छन् ।

सोतोकान कराँते आजदेखि
काठमाडौं -कास)- नेपाल सोतोकान कराँते संघ
-एसकेआईएफ) को आयोजनामा आठौं इन्डो-नेपाल सोतोकान कराँते बिहीबारदेखि हुँदैछ । दुईदिने प्रतियोगितामा नेपालका २ सय र भारतका ६५ खेलाडीले विभिन्न तौम समूहमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ २० देखि ६५ केजीमा खुला, एकल र टिम काता गरी कुल १३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यस्तै, महिलामा २५ देखि ५५ केजीमा खुला, एकल र टिम कातासहित १० स्पर्धामा खेल खेलाइनेछ । प्रतियोगिताको अनुमानित बजेट ४ लाख २५ हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।

सिरहाको जित
लहान -कास)- क्षेत्रीय महिला क्रिकेट प्रतियोगिताको पहिलो दिन बुधबारको खेलमा सिरहाले सर्लाहीलाई ८३ रनले हराएको
छ । लहान क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा सिरहाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
जवाफमा सर्लाही आठ विकेट क्षतिमा ६३ रनमा सीमित भयो । सिरहाका तर्फबाट कविता गौतमले ४३ बलमा सर्वाधिक ३० रन जोडिन् । उर्मिला
चौधरीले पनि ३० रन योगदान गरिन् । 'वुमेन अफ द म्याच' सिरहाकी कविता गौतम घोषित भइन् ।

प्रकाशित : पुस १५, २०६७ ०९:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT