कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

न्यू इयरमा सँगै

मुम्बई (एजेन्सी) — बलिउड नायिका प्रियंका चोपडा र नायक साहिद कपुरबीच सम्बन्ध टुटेको हल्ला फिक्का बन्दै छ । यी दुईले नयाँवर्ष सँगै मनाउने खबरले फ्यानहरूलाई खुसी तुल्याइदिएको छ । विभिन्न सञ्चारमाध्यमबाट यी दुईको सम्बन्ध टुटेको खबर बाहिर आएको थियो ।


दुवैजनाले नयाँवर्ष २०११ चण्डिगढमा सँगै मनाउने तयारी गरिरहेका छन् । पि्रयंका चण्डिगढमा आउँदै छिन् भने साहिद 'मौसम' फिल्मको सुटिङ क्रममा त्यही छन् । भनिएको छ, 'साहिदले एक साताको छुट्टी लिएर पि्रयंकासँग महत्त्वपूर्ण समय बिताउनेछन् ।'
फिल्म निर्माता करन जोहरको 'च्याट' सो 'कफी विथ् करन' मा यो जोडीले पहिलेका मनमुटावबारे आत्मासमीक्षा गरे । भेटेर साना-तिना समस्याको समाधान गर्नुपर्छ भनेर यी दुवैले थाहा पाए । त्यसैले नयाँवर्ष मनाउन पि्रयंका आफ्नो पे्रमी साहिदलाई भेट्न चण्डिगढ जाँदै छिन् । पि्रयंका र साहिदले विशाल भारद्वाजको 'कामिनी' फिल्म सुटिङ क्रममा 'डेटिङ' सुरु गरेका थिए ।

प्रकाशित : पुस १५, २०६७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?