३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रतिभाहरू पुरस्कृत

काठमाडौ — संस्कृति, ललितकला, भाषा(साहित्य र नाट्य(संगीत गरी चार विधामा योगदान पुर्‍याएबापत १६ स्रष्टाहरूलाई सरकारले बुधबार सम्मान गरेको छ ।


१९८ औं भानुजयन्ती अवसर पारेर संस्कृति मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रा.डा. विणा पौडेल र प्राडा. नोबलकिशोर राईलाई राष्ट्रिय प्रतिभा पुरस्कारले पुरस्कृत गर्‍यो । पौडेलले संस्कृति र राईले भाषा(साहित्य विधातर्फको एक लाख रुपैयाँको पुरस्कार पाएका हुन् । पुरस्कृतलाई प्रधानमन्त्री झलनाथ खनालले रकमसहित ताम्रपत्र हस्तान्तरण गरेका थिए ।
त्यसैगरी, संस्कृतितर्फकै क्षेत्रीय प्रतिभा पुरस्कारबाट भक्तपुरका राममणि ढुंगेल (मध्यमाञ्चल) र प्युठानकी डा. गीतु गिरी (मध्यपश्चिमाञ्चल) सम्मानित भए । भाषा/साहित्यका लागि क्षेत्रीय पुरस्कार पाउनेमा धनकुटाकी मोमिला जोशी (पूर्वाञ्चल), ललितपुरका डा.जनकलाल वैद्य (मध्यमाञ्चल), तनहुँका मुक्तिनाथ आचार्य (पश्चिमाञ्चल), दाङका कृष्णराज चौधरी (मध्यपश्चिमाञ्चल) र अछामका महेशविक्रम शाह (सुदूरपश्चिमाञ्चल) रहे ।
ललितकला विधातर्फ मोरङका पूर्ण बनेम (पूर्वाञ्चल), काठमाडौंका कमलेश महर्जन (मध्यमाञ्चल), पोखराका लोकप्रसाद गुरुङ (पश्चिमाञ्चल) र प्युठानका गिरबहादुर घर्तीमगर
(मध्यपश्चिमाञ्चल) ले क्षेत्रीय पुरस्कार प्राप्त गरेका हुन् । भोजपुरका कवि श्रवण मुकारुङ
(पूर्वाञ्चल), काठमाडौंकी गायिका शकुन्तला प्रधान (मध्यमाञ्चल) र कैलालीका गायक परिमल स्नेही (सुदूरपरिश्चमाञ्चल) ले भने नाट्य तथा संगीतका लागि क्षेत्रीय पुरस्कार पाएका हुन् । सम्मानितले ५० हजार रुपैयाँसहित ताम्रपत्र प्राप्त गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री खनालले भाषा/साहित्यको अनुसन्धान लगायत क्रियाकलापमा सरकारले दायित्वबोधका साथ काम गर्ने आश्वासन दिए ।
पुरस्कृतमध्येका प्राडा. नोबलकिशोरले स्कुलमा नेपाली नजानेर शिक्षकबाट कुटाइ खाएका सम्भिmँदै भने, 'त्यहस् ईखले आज नेपाली साहित्यबाटै पुरस्कृत हुन
पाएँ ।' उनका 'बान्तवा ग्रामर', 'बान्तवा डिक्सनेरी', 'जर्मन उखानका बखान' लगायत उनका दर्जनौं कृतिहरू प्रकाशित छन् ।
मूर्तिकला, चित्रकलामा पनि उत्तिकै चासो राख्ने अर्की राष्ट्रिय पुरस्कार प्राप्त लेखिका विणाले २०३३ सालमा 'लमजुङ दरबारको ऐतिहासिक महत्त्व' रचना प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेकी थिइन् । 'राज्यले दिएको हौसला र मायाले काम गर्न थप ऊर्जा मिलेको छ,' उनले भनिन् ।
पुरस्कार थाप्न तनहुँदेखि आएका ८५ वषर्ीय मुक्तिनाथ आचार्य आदिकवि भानुभक्त आर्चायका पनाति हुन् । कविता र जीवनीमा कलम चलाउने मुक्तिनाथले ४० वर्ष पहिले 'भानुका भावना' कविता रचेर साहित्यमा लागेका थिए । सरकारले आर्थिक वर्ष २०५१/५२ सालदेखि प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।




 

प्रकाशित : असार ३०, २०६८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?