कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नतालिया सर्वाधिक फाइदाजनक

लस एन्जल्स (एजेन्सी) — मनोरञ्जनको क्षेत्रमा 'स्टार भ्यालु' को ठूलो महत्त्व रहन्छ । सेलिबे्रटीको चर्चा र कामका आधारमा उसको महत्त्व र माग बढ्ने गर्छ । अथवा बजारको मागले उनीहरूको मूल्य निर्धारण गर्ने गर्छ ।

त्यसैले स्टार सेलिब्रेटीमा पैसा खन्याउनुलाई त्यति महत्त्व दिइँदैन जति कमाउनुमा दिइन्छ । बलिउडमा सलमान खानले आफ्नो भ्यालुलाई बढाइरहेका छन् । तर विश्वकै तथ्यांकलाई हेर्ने हो भने हलिउडकै कलाकारको वर्चस्व देखिन्छ । बिजनेस म्यागाजिनमा चर्चित फोब्र्सले हालै निकालेको एक तथ्यांकले सर्वाधिक नाफामूलक कलाकारमा 'ब्ल्याक स्वान' की मुख्य कलाकार नतालिया पोर्टम्यानलाई देखाएको छ । अथवा उनमा गरिएको लगानीमा सबैभन्दा बढी नाफा भएको छ । १३ मिलियन डलरको 'ब्ल्याक स्वान' ले ३२९ मिलियन डलर कमाइ गरेको थियो । नतालियालाई 'ट्वालाइट' नायिका क्रिस्टिन स्टुवार्टले पछ्याउँदै सूचीको दोस्रो स्थानमा परेकी छन् । २२ वर्षीया नायिकाले पछिल्लो फिल्म 'ट्वालाइट सागा' का दुई फिल्मका लागि २५ मिलियन डलर पारिश्रमिक लिएकी थिइन् भने बदलामा निर्मातालाई पहिलो फिल्मबाट ३ सय मिलियनको कमाइ दिलाएकी थिइन् भने दोस्रो फिल्मले अझै कमाइ गरिरहेको छ । सूचीको तेस्रो नम्बरमा क्रिस्टिनकै प्रेमी रोबर्ट प्याटिन्सनले बाजी मारेका छन् भने चौथो स्थानमा 'ट्रान्सर्फमर्स' का सिया लाबियुफ र पाचौंमा 'ह्यारी पोर्टर' नायक ड्यानियल र्‍याडक्लफ अटाएका छन् ।

प्रकाशित : पुस १५, २०६९ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?