१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मिस हेरिटेज इन्टरनेसनल घोषणा

काठमाडौ — संस्कृति, सम्पदा तथा पर्यटनलाई लक्षित गरी विभिन्न मुलुकमा हुँदै आएको मिस...

मिस हेरिटेज इन्टरनेसनल घोषणा
संस्कृति, सम्पदा तथा पर्यटनलाई लक्षित गरी विभिन्न मुलुकमा हुँदै आएको मिस हेरिटेज इन्टरनेसनल पहिलोपटक नेपालमा हुने सोमबार राजधानीमा औपचारिक घोषणा गरियो । अफ्रिकी मुलुक जिम्बावेको सिपिती मिडियाको मुख्य आयोजनामा हुँदै आएको यसको अघिल्लो संस्करण चीनमा भएको थियो । झन्डै तीन दर्जन मुलुकको सहभागिता रहने यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालका तर्फबाट भने ई-प्लानेटले गर्न लागेको हो ।
प्राकृतिक सौन्दर्य र कला-संस्कृतिको विविधता रहेको मुलुकमा यस प्रतियोगिताको खास अर्थ रहने ई-प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जनाए । 'ऐतिहासिक धरोहरको सम्वर्द्धन, वातावरण संरक्षण, कला-संस्कृतिको प्रवर्द्धन, पर्यटन विकास तथा शान्ति सम्वर्द्धन थिम बनाएका छौं,' होटल एभरेस्टमा आयोजित पत्रकार सम्मेलनमा सापकोटाले भने । सन् २०११ मा सुरु यो सौन्दर्य प्रतियोगिताले मुलुकलाई विश्व समुदायमा फरक ढंगले चिनाउन पनि सहयोग पुर्‍याउने उनले दाबी गरे ।
चीन, दक्षिण कोरिया, भारत, थाइल्यान्ड, भेनेजुएला, रुस, इटाली, फिनल्यान्ड, न्युजिल्यान्ड, कोलम्बिया, दक्षिण अफ्रिका, स्विडेन, जिम्बाबे, घाना लगायत सातै महादेशको सहभागिता जनाउने निश्चित भइसकेको पनि उनले जनाए ।
प्रतियोगिता आयोजनाबारे सम्झौता गर्नका जिम्बाबेको सिपिती मिडियाका तर्फबाट कुल्भिन माभुंगा र इमान्युएल निकोलास्ट रन्डोजाई पनि सोमबारै काठमाडौं आइपुगेका छन् । पत्रकार सम्मेलनमा सिंगापुरको टीकेएस एन्ड सन्स प्रालिको बेभर्ली टान र शिव कुमारले मिस हेरिटेज इन्टरनेसनलको विजेताका लागि क्राउन प्रायोजन गर्ने घोषणा गरेका थिए । उनीहरूले १० लाख रुपैयाँ बराबरको हीरा जडित क्राउन दिने गर्ने घोषणा गरेका हुन् ।





प्रकाशित : चैत्र २५, २०७० १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?