नायक श्रीकृष्ण श्रेष्ठको निधन

काठमाडौ — नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको छ । ४७ वर्षीय उनी दिल्लीस्थित एपोलो अस्पतालमा डिप निमोनियाको उपचार गराइरहेका थिए ।


स्वास्थ्य समस्या देखिएपछि कलाकार श्वेता खड्कासँग विवाह लगत्तै उनी उपचारको लागि दिल्ली गएका थिए । उनी २०४५ देखि चलचित्र क्षेत्रमा थिए ।
उनकै लगानीमा बनेको कोहिनूर शुक्रबारदेखि प्रदर्शन थालिएको छ ।
असार २३ गते श्वेतासँग विवाह गरेका श्रेष्ठ २७ गते उपचारको लागि दिल्ली गएका थिए ।
श्रेष्ठले २०४७ सालमा भूँमरी चलचित्रबाट नायकको रुपमा फिल्मी करिअर सुरु गरेका थिए ।
उनले धर्ती, प्रेमयुद्ध, माइती, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, अजम्बरी नाता, हाम्रो माया जूनी जूनीलाई, जाली रुमाल, यस्तै हुन्छ पिरती, गुरु चेला, गरिब, नाता, नाता रगतको, लक्ष्मी पूजा, भरोसा, जीवन रेखा, उनको सम्झना, राम बलराम, कहाँ भेटियलालगायत एकसय बढी चलचित्रमा अभिनय गरेका छन् ।
उनी नेपाली सिने जगतको विवादमा नपरेका कलाकार हुन् । बिशेषत पारिवारिक चलचित्रमा उनी रुचाइएका थिए । अनिनय र नृत्यको लागि श्रेष्ठको विशेष चर्चा हुने गरेको छ । शिव रेग्मी निर्देशित अधिकांश चलचित्रमा श्रेष्ठको भूमिका रुचाइएको थियो ।
अघिल्लो बर्ष कहाँ भेटिएला चलचित्रमार्फत् उनी अभिनयमा होमिएका थिए । उनी पछिल्लो समय होटल व्यवसायमा पनि संलग्न थिए ।
दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहँदा श्रेष्ठले दिएको अडियो सन्देश :
स्रोत : स्काई मुभी

 
 
 
 
 
 
 

प्रकाशित : श्रावण २५, २०७१ ०७:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एमाओवादीको बहस नयाँ शक्ति निर्माणका लागिः भट्टराई

'एमाओवादीमा 'नवआलोक'हरु सक्रिय'

काठमाडौं — एमाओवादी नेता बाबुराम भट्टराईले पार्टीभित्रको बहस नयाँ शक्ति निर्माणका लागि भएको स्पष्ट पारेका छन् । बहस कुनै ब्यक्तिगत झगडा वा पदको भागबण्डाका निम्ति नभएको उनको भनाइ छ ।

एमाओवादी नेता बाबुराम भट्टराईले पार्टीभित्रको बहस नयाँ शक्ति निर्माणका लागि भएको स्पष्ट पारेका छन् ।
'एमाओवादी भित्रको बहस कुनै ब्यक्तिगत झगडा वा पदको भागबण्डाका निम्ति नभएर विचार, राजनीति र संगठनको विकास र रुपान्तरणसहित नयाँ शक्तिको निर्माणको निम्ति हो,' भट्टराईले शनिबार फेसबुकमा लेखेका छन्, 'केही मान्छेहरुको दिमाग तीस बर्ष पुरानो फ्रिजमा बन्द हुनु र नयाँ वैचारिक बहस भन्दा पुरानै ग्वेबेलियन दुष्प्रचारमा उत्रनु दु:खद कुरा हो।'
भट्टराईलेले शनिबार नै टि्वट गर्दै पार्टीभित्र 'नवआलोक'हरुको नकारात्मक सक्रियता बढेको बताएका थिए ।
उनको टि्वट छ- 'पार्टीभित्रको अन्तर्संघर्षमा प्रत्येक पटक 'नवआलोक'हरुको नकारात्मक सक्रियता विशेष उल्लेखनीय रहने गरेको छ। यसपटक पनि त्यस्तो झल्को देखिन थालेको होत ?'
आफूपक्षीय दुई नेता गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई संस्थापन समूहले कारबाही गरेपछि भट्टराई क्रुद्ध छन् ।


प्रकाशित : श्रावण २४, २०७१ २०:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT