१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

साथी पाएर खुसी कंगना

काठमाडौ — बलिउडमा कंगना रनावतले 'ग्यांगस्टार' बाट आठ वर्षअघि मात्रै बलिउडमा करिअर सुरुआत गरेकी हुन्।

साथी पाएर खुसी कंगना
पहिलो फिल्मबाटै सफलता हात पारेकी कंगनाका त्यसपछि 'वह लम्हे', 'लाइफ इन अ मेट्रो', 'फेसन' जस्ता फिल्मले उचाइ लिए। राष्ट्रिय अवार्ड विजयी कंगना अभिनयका कारण मात्रै नभई बेलाबखत रिलेसनसिपका कारण पनि चर्चामा रहने गर्छिन्। बलिउड छिर्नेबित्तिकै आफूभन्दा २० वर्षले जेठा अभिनेता आदित्य पाञ्चोलीसँगको प्रेमसम्बन्धले उनी चर्चित बनिन्। दुई सन्तानका बाबु भइसकेका आदित्यसँग सुन्दर नायिकाको गठबन्धन अप्रत्यासित देखिएको थियो। त्यसपछि कंगनाको सम्बन्ध फिल्म 'राज २' को सुटिङ बेला अध्ययन सुमनसँग बढ्यो। तर उक्त कुरा अध्ययनका बुबा शेखर सुमनले चाल पाइहाले। र, कंगनालाई बुहारी स्विकार्न नसकिने बताएपछि दुईको सम्बन्ध टुक्रिएको थियो।
फेसनमा स्टाइलिस पूर्वमोडल कंगनालाई त्यसपछि अजय देवगणसँग पनि जोडियो। फिल्म 'वन्स अपअन अ टाइम इन मुम्बई' का बेला कंगना र अजय नजिकिएको रिपोर्टहरू आएलगत्तै अजयकै इच्छामा कंगनालाई फिल्म 'तेज' र 'रास्कल्स' मा लिइएको खबर पनि बाहिरिएको थियो। जुन फिल्म कंगनाको खास छनोटका नभए पनि अजयकै लागि उनले खेलिदिएकी भन्ने आरोपले दुईबीचको सम्बन्धमा शंका मिलेको थियो। धेरै युवकसँग नजिकिने क्रममा कंगनाले लामो समय बेलायतमा बस्ने वैज्ञानिक निकोलस ल्याफर्टीसँग पनि सम्बन्ध राखिन्। यो स्वयं कंगनाले पनि स्वीकार गरेकी थिइन्। फिल्म 'क्विन' बाट पुनः चर्चामा रहेकी कंगना त्यसपछि भने आफू सम्बन्धमा भन्दा करिअरमा ध्यान दिने र केही समय विवाह पनि नगर्ने
अडानमा रहिन्।
तर, त्यो अडान यति बेला हृतिक रोशनका लागि धरमराएको देखिन्छ। पत्नी सुजैन खानसँगको सम्बन्धविच्छेदले एक्ला बनेका हृतिकको हात यति बेला कंगनाले थामेको चर्चा चलेको छ। यति नै बेला कंगनाले पनि आफू कसैसँगको सम्बन्धका कारण खुसी रहेको सार्वजनिक टिप्पणी नै गरेपछि शंकाले लंका जलाएको छ, त्यो सम्बन्ध हृतिकसँगै हो भनेर। 'म यति बेला रिलेसनसिपमा छु र यसमा खुसी पनि छु। तर यस बारेमा म अहिल्यै खुल्न चाहन्नँ,' २७ वषर्ीया नायिकाले ब्वाइप|mेन्डका बारेमा बोल्न नचाहे पनि ऊ आफ्ना लागि विशेष रहेको र उसको साथ पाएर हषिर्त रहेको भने बताइन्। त्यसो त कंगनालाई सलमान खान र आमिर खानसँग जोडेर पनि हेर्ने गरिन्छ। तर यसलाई सम्बन्धभन्दा पनि साथीका रूपमा कंगनाले व्याख्या गर्न चाहिन्।

प्रकाशित : पुस १३, २०७१ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?