कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

यो पनि त्यो पनि

काठमाडौ — प्रियंका चोपडा यस्ती बलिउड अभिनेत्री मानिन्छिन्, जो सम्भावनाको हरेक क्षेत्रमा आफूलाई परीक्षित गर्न खोज्छिन् ।

यो पनि त्यो पनि

मोडलिङबाट अभिनयमा आएकी कुनै बेला विश्व सुन्दरी केही समययता गायिकाका रूपमा सार्वजनिक भइरहेकी छन् । गोडा तिनेक सिंगल ल्याइसकेकी उनले कुनैमा प्रशंसा र कुनैमा आलोचना पनि पाएकी छन् । आलोचनाले उनको अठोटलाई डगमगाउला भन्ने लाग्दैन । उनी गायनलाई पार्ट टाइम बिजनेस मानिरहने सुरमै छिन् ।
अब उनको अर्को परिचय थपिँदै छ ।
३२ वर्षे अभिनेत्री अब फिल्म प्रोडयुसरका रूपमा अघि आउँदै छिन् । उनले यसको सम्पूर्ण तयारी गरिसकेकी छन् । 'म्याडमजी' अहिले पि्र-प्रोडक्सन स्टेजमा छ । आफू अभिनीत दुइटा फिल्मको सुटिङमा व्यस्त अभिनेत्री प्रोडयुसर बन्ने निर्णयले आफूलाई खुसी तुल्याएको बताउँछिन् ।
'म्याडमजी एउटा फिक्सन हो,' उनले भनेकी छन्, 'एउटी आइटम गर्लको कथा हो यो, जो पछि राजनीतिमा धकेलिएकी हुन्छे । यसमा महिला सशक्तीकरणको कुरा उठाइएको छ ।'
राम्रा स्त्रिmप्ट भएका तर अवसर नपाएका धेरै सहायक निर्देशकहरूलाई आफूले सुटिङहरूमा भेट्ने गरेको उल्लेेख गर्दै उनले थपिन्, 'ठूलो बजेटको फिल्म बनाउने मेरो सामथ्र्य छैन । त्यसैले म केही प्रतिभाशालीहरूसँग साना बजेटका फिल्म बनाउँछु ।'
२०१४ पि्रयंकाका लागि सफल वर्षकै रूपमा रह्यो । 'मेरी कोम' मार्फत प्रशंसा कमाएकी अभिनेत्री आउँदा दिनहरूमा पनि करिअरका लागि जोखिम मोल्न चाहन्छिन् । उनको भन्नु छ, 'करिअरको यो स्तरसम्म आइपुग्दा मैले कहिल्यै सुरक्षित बाटो मात्रै पछयाएकी छैन । 'मेरी कोम' लाई नै हेरौँ, मैले जोखिम मोलेकी छैन त ? 'बर्फी' खेल्ने निर्णय गर्दा मलाई त्यस रूपमा दर्शकहरूले स्विकार्दैनन् भनिएको थियो । मेरो लागि 'फेसन' जस्तै फिल्म फिट हुने ठोकुवा गरिएको थियो । अब अहिले म प्रोडयुसरका रूपमा आउन लाग्दै छु, एउटी आइमाईले प्रोडक्सन हाउस चलाउन सक्दिन भन्दै छन् मान्छेहरू । तर म यो अवसरलाई हातबाट फुत्काउन चाहन्नँ ।'
उनले स्वदेशमा निकैतिर हात हाले पनि विदेशी प्रोजेक्टहरूलाई पनि नाइँ भनेकी छ्रैनन् । अमेरिकाको एबीसी नेटवर्कको एउटा प्रोडक्सनमा उनी अनुबन्ध भएकी छन् ।


 

प्रकाशित : पुस १५, २०७१ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?