कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहमान फिल्म लेख्दै

काठमाडौ — फिल्मको संगीत बाहेकको मोहनीले एआर रहमानलाई पनि तानेछ । ओस्कार विजेता भारतीय संगीतकार स्क्रिप्ट राइटर र प्रोडयुसरका रूपमा आउँदै रहेछन् । यसअघिको गाइँगुइँमा चाहिँ उनले फिल्म निर्देशन गर्न चाहेको सुनिएको थियो ।

रहमान फिल्म लेख्दै

'निर्देशनका बारेमा मैले सोचेको छैन,' ४७ वर्षे रहमानले भनेका छन्, 'बरु स्क्रिप्टचाहिँ लेख्दै छु । त्यो फिल्म प्रोडयुस पनि गर्दै छु । काम अगाडि बढिरहेको छ ।'
'स्लमडग मिलिनेयर' मार्फत संगीतकर्मका लागि दुइटा ओस्कार पाएका रहमानले ग्रामी, गोल्डेन ग्लोब र बाफ्टा जस्ता अन्तर्राष्ट्रिय रूपमै प्रतिष्ठित अवार्डहरू पाइसकेका छन् । भारतमा पनि संगीत सम्बन्धी सबैभन्दा बढी अवार्ड पाउनेमा उनी नै पर्छन् । संगीतका यस्ता 'जिनियस' ले कस्तो फिल्म लेख्लान् र निर्माण गर्लान्, कौतूहल त हुने नै भयो ।
 

प्रकाशित : पुस १६, २०७१ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?