कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गीतले जोड्दै नेपाल-बेलायत

काठमाडौ — अंग्रेजी र नेपाली दुवै भाषाका शब्दहरू मिश्रति माथिका पंक्तिहरूले आपसी प्रेम र सम्बन्धको प्रगाढतालाई दर्साउँछन् ।

गीतले जोड्दै नेपाल-बेलायत
नवीन पोखरेल लन्डन
गहिरो छ मित्रता हाम्रो,
कहिले पनि नटुट्ने
सागरझैं गहिरो, सम्बन्ध छ हाम्रो
साइनो हो कि मितेरीको, अर्थ उस्तै छ
सम्बन्ध यो गहिरो छ, स्वार्थ एउटै छ
आँधीबेहरीले नछुने गहिरो सम्बन्ध

आवर बोन्ड इज डिप एन्ड
स्ट्रोंगर द्यान मी
आवर स्पि्रट जोइन याज
अल्वेज क्यान बी
डिप याज द सी थाउजेन्ड फिट
सम्बन्ध छ हाम्रो...
बेलायती सेनामा आवद्ध नेपाली र बेलायती मेजरले संयुक्त रूपमा गाएको उक्त गीतले यहाँ चाहिँ बेलायत-नेपाल सम्बन्धलाई थप बलियो बनाउन सघाइरहेको छ ।
खास गरी यो गीत बि्रगेड अफ गोर्खाज र बेलायती सेनाबीच सुमधुर सम्बन्ध दर्साउन लेखिएको हो । बेलायती सेनामा गोर्खाहरूको प्रवेशले बिहीबारदेखि (सन् २०१५) दुई सय वर्ष टेक्दै छ । यही उपलक्ष्यमा दी रोयल गोर्खा राइफल्स सेकेन्ड बटालियनका मेजरहरू हेमकुमार तामाङ र जेस बक्लीले मौलिक नेपाली संगीतमा पश्चिमा फ्लेभर भरेर ल्याएको यो गीत अहिले एकाएक हिट लिस्टमा छ ।
मेजरद्वय तामाङ र बक्लीको सैनिक यात्रा धेरै वर्षदेखि सँगसँगै छन् ।
२००९ र २०११ मा अफगानिस्तानको युद्धमोर्चामा पनि यी साथै रहे । यी दुई व्यक्तिबीचको आत्मीय सम्बन्ध युद्धभूमिमा मात्र गहिरो रहेन । उनीहरूले दुई सय वर्षयता बेलायती र समस्त गोर्खाहरूबीचकै प्रगाढ सम्बन्ध गीतमार्फत् उजागर गर्न खोजे ।
ब्रदरहुड ब्यान्डको 'गोर्खाली साथी' एल्बममा समावेश ६ गीतमध्ये 'स्पि्रट इज स्ट्रोंगर' गीतको भिडियो अहिले लोकपि्रयतातर्फ उन्मुख छ । बेलायतको बर्नमथका बक्लीले नेपाली शब्दहरू स्पष्ट गाएका छन् । उनलाई भिडियोमा पनि देख्न सकिन्छ । गोर्खालीहरूसँग बलियो सम्बन्ध राख्ने बक्ली नेपालसमेत पुगिसकेका छन् । उनी हाल ब्रिगेड अफ गोर्खाजको चिफ अफ स्टाफ भएर स्यान्डहस्र्टमा कार्यरत छन् ।
तामाङचाहिँ १९८८ मा बेलायत सेनामा भर्ती भएका हुन् । भोजपुरको रानीवास-८ घोडेटारका तामाङ अहिले साइप्रसमा छन् ।
गीतमा यी दुवैलाई तामाङकी १३ वर्षीया छोरी रिहाले पनि साथ दिएकी छन्, जो बेलायतमा अध्ययनरत छिन् । आइट्युनमा उपलब्ध गीति एल्बम 'गोर्खाली साथी' मा 'स्पि्रट इज स्ट्रोंगर...', 'बाडुली चल्दा...', 'शिरमा खुकुरी...', 'यो जुनीमा...', 'गोर्खाली साथी...' र 'मेरो प्यारो घोडेटार...' जस्ता गीत समावेश छन् । एल्बम बिक्रीबाट आएको पैसा बेलायत र नेपालस्थित भूतपूर्व गोर्खाहरूलाई सघाउने कल्याणकारी संस्था 'दी गोर्खा वेलफेयर ट्रस्ट' लाई दिने उनीहरूको योजना छ ।
दुवै मेजरसँग निकट रहेका बेलायतमा रहेका एक बुद्धिजीवी नारायण अधिकारी उक्त गीतले बेलायत, नेपाल र गोर्खाहरूबीचको सम्बन्ध झन् प्रगाढ बनाउने विश्वास व्यक्त गर्छन् । 'सैनिकहरू राइफल बोकेर लडाइँ मात्र गर्दैनन्,' उनले भने, 'उनीहरूमा पनि भावना र सिर्जना हुन्छ भन्ने गीतले दर्साएको छ । त्यसमाथि यो वर्ष बि्रटिस-गोर्खा सहकार्यले दुई सय वर्ष टेक्दै छ । यस्तो बेला सार्वजनिक यस्ता सिर्जनाले दुई देशीय सम्बन्धलाई भावनात्मकमा रूप जोडिदिन थप बल पुर्‍याउँछन् ।'





 

प्रकाशित : पुस १७, २०७१ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?