१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

साप्ताहिक ब्लोअप : बेनिशा हमाल

हिरोइनको असार
कृष्ण भट्टराई

काठमाडौ — नायिका बेनिशा हमाल वैशाख १२ गतेको भूकम्पपछि गत असार ८ गतेमात्र मन खोलेर हाँसिन् । भूकम्पपछि आफ्नै समकालीन कलाकारहरूले सञ्चालन गरेको ‘वि फर अल’ अभियानमा उनी भूकम्पप्रभावित क्षेत्रहरूमा पुगेर राहत, उद्धार तथा पुनर्निर्माणको काममा सक्रिय भइन् ।

साप्ताहिक ब्लोअप : बेनिशा हमाल

‘लामो समयपछि हाँस्ने अवसर जुराइदिनु भएकोमा धन्यवाद,’ बेनिशाले साप्ताहिकसँग भनिन्– ‘जीवनमै दोस्रोपटक हिलोमा बसेर धान रोप्न पाउँदाको रमाइलो शब्दमा वर्णन गर्न गाह्रो छ ।’
बाल्यकालमै गृहनगर चितवनको गीतानगरमा रहरै–रहरले हिलोमा पसेर पहिलोपटक धान रोपेकी बेनिशालाई आर्टिस्ट नेपाल डटकमको संयोजनमा गत सोमबार भक्तपुरको भत्केको पाटी पुग्दा रोपाइँको अनुभव यति रमणीय होला भन्ने लागेको थिएन । स्थानीय महिनाहरूसँगै करिब तीन घण्टा हिलोमा बिताउने क्रममा बेनिशाले वर्षको एकपटक हिलोमा पस्ने निर्णयसमेत गरिन् । ‘कम्मरचाहिँ नराम्रोसँग दु:खी रहेको छ,’ बेनिशाका अनुसार उनलाई धान रोप्ने क्रममा जुकाको ठूलो डर थियो, तर धन्न उनलाई जुकाले फेला पार्न सकेन ।
भूकम्पपछि यसको पीडा बिर्साउने विभिन्न आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी बेनिशाले केही आधुनिक गीतका भिडियोमा समेत काम गरिन् । स्नातकोत्तर तहका लागि थेसिस लेखनमा व्यस्त हुने भएकाले बेनिशाले दसैंपछि मात्र चलचित्रमा फर्कने योजना बनाएकी छिन् । बेनिशा भन्छिन्– ‘हाम्रो अभियानले काभ्रेको पोखरीचौरमा एउटा विद्यालय निर्माण गर्दैछ, त्यसपछि मात्र म आफ्नो व्यक्तिगत काममा व्यस्त हुनेछु ।

तस्बिर : कुबेर तामाङ/आर्टिस्टनेपाल डटकम
लोकेसन : भत्केकोपाटी, भक्तपुर
मेकअप : टेक लामा (भाइरस)
 





















 
 

प्रकाशित : असार ११, २०७२ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?