सिसाकलममा अमिताभ बच्चनको अनुहार
मुम्बई — ‘माइक्रो स्कल्पचर’ कलाकार सचिन साङ्गेले सिलाकलमको लिटमा अमिताभ बच्चनको अनुहार बनाएका छन् ।
आफूलाई मनपर्ने कलाकारको चित्र वा मुर्ति बनाउने कुरा साधारण लाग्न सक्छ । तर, कसैले सिसाकलमको लिडमा नै कसैको अनुहार बनाउन सक्छ ?
भारतमा यस्तो भएको छ । एकजना ‘माइक्रो स्कल्पचर’ कलाकार सचिन साङ्गेले यस्तो कला देखाएका छन् । उनले सिलाकलमको लिटमा अमिताभ बच्चनको अनुहार बनाएका छन् ।
उनले ८ घण्टाको मिहिनेतमा यो काम गरेका हुन् । अमिताभ बच्चनको सम्मानमा यो कला बनाएको भन्दै उनले आफूले यसको फोटो ट्विट गरेका थिए । बच्चनले कलाकार साङ्गेको प्रशंसा गर्दै ट्विट गरेका छन् ।
प्रकाशित : भाद्र ७, २०७२ १४:२२प्रतिक्रिया