कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘जति काम त्यति सिकाइ’

काठमाडौं — नी हाथवे उमेरले ३२ की भइन्। हलिउड अभिनेत्रीमा राम्रो नाम छ उनको। ‘सन् २००१ मा द प्रिन्सेस डायरिज आएपछि हलिउडमा मलाई सिरियस्ली लिन थालियो,’ पछिल्लो फिल्म ‘दी इन्टर्न’ को प्रमोसनमा व्यस्त अमेरिकी नायिकाले ती दिन सम्झेकी छन् ।

 ‘जति काम त्यति सिकाइ’

नी हाथवे उमेरले ३२ की भइन्। हलिउड अभिनेत्रीमा राम्रो नाम छ उनको। ‘सन् २००१ मा द प्रिन्सेस डायरिज आएपछि हलिउडमा मलाई सिरियस्ली लिन थालियो,’ पछिल्लो फिल्म ‘दी इन्टर्न’ को प्रमोसनमा व्यस्त अमेरिकी नायिकाले ती दिन सम्झेकी छन्, ‘यी चौध वर्षमा मैले सुखद संयोगहरू भोग्दै आएकी छु, मीठा आश्चर्यका रूपमा। यसको लागि मैले मिहिनेत पनि निकै गरेकी छु। र पनि, सबै कुरा अनुकूल हुँदै आएकामा चाहिँ म बेलाबेला चकित पर्ने गर्छु।’

पहिलो काम असफल हुँदा जति चिन्ता हुन्छ, त्योभन्दा बढी सुर्ता सफल हुँदा लाग्ने गर्छ। लाग्नुपर्छ, सफल भइरहन चाहने हो भने। त्यो चिन्ता डेब्यु फिल्म ‘द प्रिन्सेस डायरिज’ को सफलताले एनीमा पनि पर्नु स्वाभाविक थियो। त्यसैले उनी जमिनसँग जोडिइरहिन्, परिश्रममा होमिइरहिन्, आफूमा भर्सटालिटी ल्याउनका लागि।

‘उमेरको तेस्रो दशक लाग्दा एक मात्र ध्येय थियो— धेरैभन्दा धेरै किसिमका फिल्म खेल्नु,’ उनले भनेकी छन्, ‘र, धेरैभन्दा धेरै निर्देशकहरूसँग काम गर्नु। करिअरका सुरुआती वर्षहरूमा आएका फिल्ममध्ये द प्रिन्सेस डायरिज हरेक दृष्टिले गज्जबको फिल्म थियो। अविस्मरणीय पहिलो काम। तर, सँगै त्यसले बेफाइदा के गर्‍यो भने, राजकुमारीबाहेकका रोल पाउन मलाई गाह्रो भयो। मैले हरेक किसिमका रोल गर्ने क्षमता बढाउँदै लगेँ।

प्रकाशित : आश्विन ७, २०७२ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?